Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

spot_img
spot_img

वीरगंज । दलित महिला संघको आयोजनामा बुधबारदेखि वीरगंजमा दुई दिने प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल कार्यक्रम सुरु भएकाे छ ।

वीरगंजस्थित होटेल वीरगंज गेटवेमा सुरु भएकाे कार्यक्रमकाे उदघाटन प्रदेश सभा सदस्य बिना शर्माले गरेकी हुन् । कार्यक्रमकाे उद्घाटन गर्दै प्रदेश सांसद शर्माले महिलाहरुको बिकासको बाधक महिलानै भएकोले महिलाहरुलाई सचेतिकणकाे आवश्यकता रहेको बताइन ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सांसद शर्माले खासमा दलित महिलाहरुको सशक्तीकरण अति आवश्यक रहेकोले दलित महिला संघले आयोजना गरेको छलफल कार्यक्रम सराहनीय रहेकोमा खुशी ब्यक्त गरिन ।

 कार्यक्रमका बिशिष्ट अतिथी दलित अगुवा एवं संचारकर्मी बृजलाल पासवानले राज्यको कुदृष्टिका कारण मधेस प्रदेश दलितहरुको लागि रेड जोन भएको बताए ।

दलित महिला संघ, पर्साको कोषाध्यक्ष संगीता दासको अध्यक्षतामा भएकाे कार्यक्रममा कपडा बैंक अध्यक्ष लालबाबु सिंह, भिम आर्मिका अध्यक्ष सुनिल राम, महिला नेत्री इन्दु घिमिरे लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।

मधेश प्रदेशका आठवटै जिल्लाबाट दलित महिलाहरूको सक्रिय सहभागितामा सुरु भएको दुई दिवसिय छलफल कार्यक्रममा मधेश प्रदेशका पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, धनुषा र सप्तरी जिल्लाबाट २–२ जना गरी १६ जना दलित महिला कार्यपालिका सदस्यहरू र २७ जना समान्य दलित महिला गरी कुल ३५ जना सहभागी रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका सहभागी महिलाहरूलाई भोला पासवानले प्रशिक्षण दिइरहेका छन् । छलफल कार्यक्रम बिहीबार सम्पन्न हुने दलित महिला संघ पर्साकी संस्थापक तथा अध्यक्ष निला कुमारी रामले जानकारी दिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...