27.6 C
Birgunj
14 April 2025
KALIKATIMES.COM

नेपाल भारत सिमा नाका ७२ घण्टाकाे लागि बन्द

वीरगंज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल भारत सीमा नाका बन्द गरिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी सीमा नाका बन्द गर्ने दुई देश बीचको सहमति अनुसार बिहिबार मध्यरातिदेखि बन्द गरिएको हाे ।

निर्वाचनमा विभिन्न खालका आपराधिक क्रियाकलाप हुनसक्ने र यसले दुवैदेशको शान्ति सुव्यावस्थामा खलल पु¥याउने भएकोले दुवैतर्फ आवत जावत बन्द गरिने प्रचलन अनुसार गएको मध्यरातिदेखि मतदानको दिन बेलुकासम्म सीमानाकाबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाईएको छ ।

वीरगंज राक्साैल नाकामा नेपालतर्फ गेट लगाईएको छ । दुवैतर्फ सीमानाका बन्द गरेर सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स
SQL requests:215. Generation time:5.798 sec. Memory consumption:82.48 mb