Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको ग्रामीण भेगमा नापतौलका लागि परम्परागत ढक तथा तराजु प्रयोगका कारण घाटा व्यहोर्नु परेको पर्साको ग्रामीण भेगका किसानहरुले गुनासो गरेका छन् । धान, गँहु, मकै तथा अन्य खाद्यान्न बिक्री गर्दा व्यापारीहरुले नेपाल सरकारले तोकेको अप्रमाणित ढक तराजु प्रयोग गरी नापतौल गर्दा मर्कामा परेको किसानको गुनासो छ ।

खाद्यन्न बिक्री गर्दा भारतीय बजारबाट खरिद गरिएका ढक तथा घरेलु तराजुको प्रयोग गरी तौल बढाउने गर्दा किसानहरु ठगिरहेका गुनासा गरेका छन । यसका साथै किसानहरुले उत्पादन गरेका अन्न बाली बिक्री गर्दा जोख्ने क्रममा चोरी गर्न सिपालु रहेका ज्यामी लगाउँदा बढि उत्पादन चोरी हुने गरेको किसानहरु बताउँछन् ।

ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका हिरा योन्जनले नेपाल सरकारको नापतौल विभागबाट प्रमाणित गरिएको ढक तराजुको प्रयोग गरी सामान जोख्नु पर्ने भएपनि व्यापारीहरुले अन्य ढक तथा काठको डण्डा प्रयोग गरी तराजुबाट सामान जोख्दा पाँच किलोग्राममा कम्तीमा एक पाउ (२५० ग्राम) बढि लैजाने गरेको दुखेसो पोखे ।

खाद्यन्न भएको पल्लालाई जोख्ने मान्छेले हातले उचाल्ने गर्दा एक पटकमा आधा किलोसम्म बढि लैजाने गरेका उनको भनाइ छ । यो हिसाबले पचास क्वीन्टल खाद्यन्न जोख्दा कम्तीमा तीन क्वीन्टल भन्दा बढि खाद्यन्न व्यापारीहरुले लैजाने गरेको उनको आरोप छ ।

यस्ता गतिविधि गर्ने व्यापारीहरुलाई गाउँलेले पक्राउ गरी जरिवाना समेत तिर्न लगाएको उनले बताए। अहिले पनि समुदायमा माना, पाथी तथा सेर( भाडो) प्रयोग गरी समानको लेनदेन गरिन्छ । पशुपालन गरी दुध उत्पादन गर्ने किसानबाट व्यापारीहरुले लोटाबाट दुध नापेर खरिद गर्ने गरेको किसानको गुनासो छ ।

जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवा प्रसौनी, पर्सागढी, धोबिनी, छिपहरमाई, पकहाँ मैनपुर, कालिकामाई लगायतका अन्य पालिकाहरुमा पनि नापतौलका गर्ने तरिका यस्तै छ । किराना सामान, तरकारी तथा अन्य पसलहरुमा समेत भारतीय बजारमा पाइने ढक, इट्टा, ढुङ्गा, फलामका टुक्रा लगायतका वस्तुलाई ढकको रुपमा प्रयोग गरी सामान जोख्ने कायम नै रहेकाले किसान तथा उपभोक्ता ठगिदै आएका छन ।

अधिकांश किराना पसलहरुमा धान, गँहु, मकै तथा अन्य सामान बिक्री गर्न जाँदा पसलेले अप्रमाणित ढक तराजु प्रयोग गर्ने र सामान खरिद गर्दा अर्को ढक तराजुको प्रयोग गर्ने गरेको स्थानीयबासीको भनाइ छ । कतिपय व्यापारीहरुले उपभोक्ता नजर स्वच्छ देखाउन डिजिटल तराजु प्रयोग गरिरहेका छन् । तर सो डिजिटल तराजुमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जको टाचा भएको शिल नभएको र नेपाली बजारबाट समेत खरिद नगरी, भारतीय बजारबाट खरिद गरी ल्याइन्छ ।

डिजिटल तराजुमा तौल चोर्न व्यापारीहरुलाई सजिलो हुने जानकारहरु बताउँछन् । सो तराजुमा एक केजी सामान दिनुपरे ८ सय ग्राम र एक केजी लिनुपर्ने १ केजी २०० ग्राम सजिलै बनाउन मिल्ने जनाईएको छ ।

यस सम्बन्धमा उपभोक्ता तथा किसानले कुनै पनि उजुरी नगरेको जनप्रतिनिधिहरुले बताउँछन । न्यायिक समितिले यस सम्बन्धमा अनुगमन गर्ने र यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने न्यायिक समितिका संयोजकहरूले जानकारी गराए ।

यस सम्बन्धमा उपभोक्ता तथा किसानले कुनै पनि उजुरी नगरेको पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक ममता महतोले बताईन । न्यायिक समितिले यस सम्बन्धमा अनुगमन गर्ने र यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने न्यायिक समितिका महतोले बताईन ।

उपभोक्ता, किसान तथा आमनागरिकको हकहित संरक्षणका लागि उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा गठन भएको छ । तर यस संगठनका पदाधिकारीहरु पनि आफ्ना कर्तव्य तथा दायित्वप्रति इमानदार भएको देखिएका छैनन । यससँग सम्बन्धित गुणस्तर तथा नापतौल कार्यालय वीरगंज, जिल्ला प्रशासन कार्यालय पर्सा तथा अन्य सम्बन्धित निकायहरु पनि यस कार्यप्रति उदासीन रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...