Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

spot_img
spot_img

बीरगंज । नेपाली नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित भएकाे छ । ब्लेन्डिङ इभेन्ट्स नेपाल, वीरगंज आयोजना गर्न लागेको नेपाली नयाँ वर्षको साँझ विशेष कार्यक्रम हाललाई स्थगित गरिएको छ । विभिन्न सामाजिक, धार्मिक र वातावरणीय अवस्थाहरूका कारणा कार्यक्रम हाललाई स्थगित गरिएको आयाेजकले जनाएकाे छ ।

आयोजक संस्थाले दर्शक, कलाकार, प्रायोजक र समग्र समुदायप्रति कृतज्ञता व्यक्त गर्दै यो दिन रात्रि बजार र हनुमान जयन्ती जस्ता ठूलो भीड हुने कार्यक्रमहरू आयोजना हुँदैछन् । जसका सामाजिक र धार्मिक महत्वलाई सम्मान गर्दै यस कार्यक्रमलाई स्थगित गरिएकाे जनाएकाे छ । साथै मौसम र पूर्वानुमान अनुसार, ठूलो पानी पर्ने सम्भावना रहेको र बाहिरी कार्यक्रमहरूको सुरक्षासँग सम्बन्धित जोखिमका कारण कार्यक्रम स्थगित गरिएकाे आयोजकको भनाई छ । ।

सबैलाई सुखद र समृद्ध नयाँ वर्षको शुभकामना दिदैँ सम्पुर्ण नेपाली दर्शक र सबैको साथको कदर गर्दै भविष्यमा स्थानीय प्रतिभाहरूलाई जोड्ने, प्रविधि र व्यवस्थापनमा सुधार ल्याउने मौका भविष्यमा अझ सशक्त र सृजनात्मक कार्यक्रम ल्याउने योजना रहेको आयोजकले जानकारी दिएकाे छ ।

कार्यक्रमका लागि काटिएका सबै टिकटहरूको पैसा फिर्ता गरिसकिएको र अझै बाँकी रकम फिर्ता हुन बाँकी भएमा त्यसको जिम्मेवारी संस्थाले लिने बताईएको छ । साथै, स्पोन्सरहरूको रकम पनि फिर्ता गरिने जनाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...