Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

पहिचान खोज्दै मुक्त हरवाचरवा

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेट मार्फत मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापनकाे सवाल सम्बोधन गराउनका लागि राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अगुवाईमा बुधबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा डेलीगेसन सम्पन्न भएको छ । मुक्त हरवाचरवाका मागहरु बुझदै भूमि ब्यवस्था मन्त्री जनार्दन सिंह क्षेत्रीले मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि आफु तत्पर रहेको कुरा औल्याउनु भयो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद सदाद्वारा हस्ताक्षरित माग पत्रमा मन्त्रालयले तयार गरेको हरवाचरवा परिवारको लगत संकलन र परिचयपत्र बितरण निर्देशिका २०८० तत्काल राजपत्रमा प्रकाशन गरिनुपर्ने, स्थानीय तहको समन्वयमा हरवाचरवाको तथ्याँक संकलन, प्रमाणीकरण र परिचय पत्र वितरण सुरु गरिनुपर्ने कुराहरु उल्लेख गरिएको छ ।

साथै मन्त्रालयबाट आगामी आर्थिक बर्षको बजेटमा हरवा चरवा लगत संकलनका लागी आवश्यक बजेट बिनियोजन गरिनुपर्ने, मन्त्रालयबाट हरवाचरवाका लागी शिप बिकास, कृषि,पशुपालन र जिबिकोपार्जन सहयोगका लागी बजेट बिनियोजन गरिनुपर्ने, हरवाचरवाको पुनस्र्थापनाको लागि बिस्तृत कार्ययोजना र कार्यविधि प्रदेश मन्त्रीपरिषदबाट अविलम्व पारित गरी हरवाचरवालाई जमिन् र सुरक्षित बासस्थानको ब्यवस्था गरीनुपर्ने, बाटो बिस्तारका नाममा, बिकासका नाममा र अन्य कारणले भुमिहिन हरवाचरवाहरुको बस्ती बिस्थापन तत्काल रोकीनुपर्ने र भुमि आयोगको समन्वयमा भुमि बितरणमा हरवाचरवाहरुलाई प्राथमिकतामा राखीनाका साथै गरिब लक्षित र कृषि बिकासका क्रार्यक्रममा हरवाचरवा परिवारहरुलाई समेटिनुपर्ने मागहरु राखिएको छ ।

निरन्तर सम्बाद तथा छलफलका कारण तत्कालिन सम्माननिय प्रधामन्त्री शेर बहादुर देउवाले २०७९ साल श्रावण २ गते मुक्तिको घोषणा गर्नुभएको थियो । घोषणा पश्चात मधेश प्रदेश सरकारले २०८०/०८१ को निति कार्यक्रमको बुदा नं. १७९ मार्फत स्थानिय सरकारको समन्वयमा मधेश प्रदेशको सबै जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन गरी प्रमाणीकरण र परिचयपत्र बितरण गरिनेछ भन्ने ब्यवस्था गर्याे । त्यसैगरी ८०/८१ बजेटको बुंदा नं. १७५ मा स्थानीय सरकारको समन्वयमा मधेश प्रदेशका सबै जिल्लाहरुमा मुक्त हरवाचरवाका तथ्यााक संकलन गरी प्रमाणीकरण र परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएको घोषणा भयो र उक्त निति तथा कार्यक्रम र बजेट पारित समेत भयो ।

यहि घोषणा को जगमा भुमि, कृषि तथा सहकारी मन्त्रालयले लगत संकलन र परिचयपत्र बितरण सम्बन्धि निर्देशिका २०८० मस्यौदा गरी मन्त्रालय स्तरीय निर्णय गरी मन्त्रीपरिषदमा पेश भै पारित भएको भन्ने जानकारी सार्वजनिक भयो । तर हाल सम्म उक्त निर्देशिकाका आधारमा कुनै प्रक्रिया अगाढी बढन नसकेका कुरा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...