Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

वीरगंज । हनुमान जन्माेत्सवकाे अवसरमा शनिबार वीरगंजमा निकालिएको शोभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा ४० जना घाइते भएका छन् ।

- Advertisement -

छपकैया पुगेकाे शाेभयात्रामा ढुंगामुडा भएपछि भएको झडपमा पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहसहित २५ प्रहरी र १५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका हुन् । साेही क्रममा आगजनी, तोडफोड समेत भएकाे थियाे । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले शनिवार साँझ साढे ७ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म वीरगंज सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

 प्रहरी तर्फ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंह सहित २५ जना प्रहरी घाइते भएको अर्यालले जानकारी दिए् । यस्तै प्रदर्शनकारीतर्फपनि शनिबार बेलुकीसम्म १५ जना घाइते भएको उनले बताए । घाइतेहरुको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

वीरगंजमा शनिबार बेलुकी ७.३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार, पूर्वमा भेडियाही चोक, उत्तर गण्डक चोक,पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगंज शहरी क्षेत्रमा कर्फु आदेश जारी गरिएको हो । 

कर्फ्यु लगाइएको क्षेत्रमा नेपाली सेनापनि परिचालन गरिएको छ । कर्फ्युमा पनि छपकैयामा प्रदर्शन जारी रहेपछि सडकमा सेना परिचालन गरिएको हाे । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे ।

योसँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । वीरगंज-१६ इनार्वाका वृद्ध हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ । बजारबाट दुध लिएर घर फर्किरहेकाे क्रममा पछाडीबाट आफुलाई प्रहरीले गाेली हानेकाे पिडित बृद्धले वताए ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार बिहान ७:०० बजे सर्वदलिय बैठक बाेलाएकाे छ । जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा बस्ने सर्वदलीय बैठक समस्या समाधान खाेजी गर्ने जनाइएकाे छ ।

शनिबार अपरान्हदेखि निस्किएको हिन्दुहरुको शोभा यात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि ढुंगामुढा भएपछि दुई समुहबीच झडप सुरु भएको थियो । त्यसक्रममा छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो । बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरियो । त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनीपनि गरियो ।

दुुईसमुहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रु ग्यास र हवाई फायरपनि प्रहार गर्यो । छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्मपनि प्रहरी र स्थानीयबीच झडप चलिरहेकोपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले भने, बेलुकीसम्मपनि स्थिती नियन्त्रणमा नआएपछि कर्फु लगायौं, कर्फु लागेपछि सेना सडकमा आयो । स्थिती विस्तारै अब नियन्त्रणमा आउन थालेको छ ।

शनिबार बेलुकी ८ बजेसम्म प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी अर्याललले बताए ।

प्रजिअ अर्यालका अनुसार, शनिबार दिउँसो घण्टाघर चोकबाट निस्किएको हनुमान जन्मोत्सवको शोभायात्रा छपकैयाको श्रीराम हल नजिक पुगेपछि शोभायात्रामा सहभागी एक जनाले बोकेको जय श्रीरामको झण्डा एक अपरिचित युवाले खोसेका थिए । त्यसपछि विवाद सुरु भई झडप भएको र त्यसले स्थिती तनावग्रस्त बन्न पुगेको अर्यालले बताए ।

यसैबिच घटनाकाे निष्पक्ष छानविन गरि दाेषी उपर कारवाही गर्न हिन्दु समाजले माग गरेकाे छ । शनिबार सांझ हनुमान जन्माेत्सवकाे अवसरमा निस्केकाे शाेभा यात्राकाे आयाेजक समेत रहेकाे हिन्दु समाजले पत्रकार सम्मेलन गर्दै घटनाकाे छानविन गरि दाेषी उपर कारवाहीकाे माग गरेकाे हाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘नाच रे पतरकी’ सार्वजनिक, सद्दाम–रेबिकाको जोडी चर्चामा

काठमाडौं । सद्दाम हुसेन र रेबिका अधिकारीको अभिनय रहेको नयाँ गीत ‘नाच रे पतरकी’ सार्वजनिक भएको छ।  सप्तरङ्गी फिल्मको प्रस्तुतिमा तयार भएको यो गीत...

वीरगंज सडक विस्तारबारे सांसद हरि पन्तको भावुक अपिल : “विकाससँगै पीडा पनि स्वाभाविक”

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजमा भइरहेको सडक विस्तार अभियानलाई लिएर आम नागरिकको पीडाप्रति सहानुभूति व्यक्त गरेका...

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा...