38 C
Birgunj
16 April 2025
KALIKATIMES.COM

मधेश दृष्टि पत्रिकासंग आवद्ध पत्रकारहरुको प्रशिक्षण सुरु

वीरगंज । मधेश दृष्टि दैनिक पत्रिकामा आवद्ध पत्रकारहरुको दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार देखि वीरगंजमा सुरु भएको छ । वीरगंजस्थित पुजन होटलमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मेयर सिंहले जुन सुकै कामको लागि टिम वर्क महत्त्वपूर्ण भएको वताए । उनले टिम वर्क भएको जुन सुकै कामले सफलता हासिल गर्ने वताए । पत्रिकाले वीरगंजकाे पहिचान गराउन विश्वास समेत ब्यक्त गरे ।

पत्रिकाका निर्देशक धुर्व साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मधेश विश्व विद्यालयका उप कुलपति डा. दिपक शाक्य, पत्रिकाका सम्पादक बिश्वमणी पोखरेल, पत्रिकाका ब्यवस्थापक अर्जुन मण्डल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन रेडियाे वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीले गरेका थिए ।

पत्रिका असोज महिनाको पहिलो सत्तादेखी नै निकाल्ने तयारी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:216. Generation time:6.268 sec. Memory consumption:82.5 mb