Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंज जेसीजको महत्वाकांक्षी साताव्यापी कार्यक्रम जेसीज सप्ताह २०२५ अन्तर्गत ‘कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कला दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा वीरगंजलाई आफ्नो कर्मथलो बनाई विभिन्न क्षेत्रमार्फत आफ्नो कलाको पहिचान स्थापित गरेका युवा कलाकारहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कलाकार प्रदेशी साह, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहेका अजमत अली अंसारी र ‘द भ्वाइस अफ नेपाल’मा उत्कृष्ट प्रस्तुति दिएका गायक सिद्धान्त सहनीलाई सम्मान गरिएको हो । उनीहरूलाई सम्मानपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरिएको हो ।

वीरगंज जेसीजका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष मधु राणा, निशान्त कुमार लामिछाने, सन्तोष खनाल, अशोक गुप्ता, जितेन्द्र पुरुष ढकाल, डा. अर्बिन्द श्रेष्ठ, रञ्जन राउत, निवर्तमान अध्यक्ष अजय चौधरी, उपाध्यक्षद्वय सिराज अन्सारी, रोशन दास थारु लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

राजनीतिक अस्थिरता र आर्थिक संकटले कलाकारलाई असर

कलाकार प्रदेशी साहले दर्जनौं फिल्ममा अभिनय गरे पनि व्यापक सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै देशको राजनीतिक अस्थिरता र आर्थिक संकटले कलाकारहरूको अवस्था जटिल बनाएको बताए ।

अर्का कलाकार अजमत अली अंसारीले गीत, संगीत तथा चित्रकला माध्यमबाट कला क्षेत्रमा योगदान दिँदै आइरहेका छन् । हाल उनी बालबालिकालाई चित्रकला र संगीत सिकाउँदै नयाँ पुस्ता तयार पार्न क्रियाशील छन् । उनले वीरगंजलाई ‘कलाको शहर’ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

यस्तै, गायक सिद्धान्त सहनीले स्कुलदेखि नै आफ्नो प्रतिभा पहिचान भई सहयोग पाएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर कलात्मक यात्रालाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...