Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

spot_img
spot_img

– रिसव गौतम
अरु व्यवसाय जस्तो बैंकिङ्ग संस्थाहरु नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन् । विश्वभर बंैकिङका नयाँ–नयाँ अवधारणा लागु छन् । बंैकिङले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता बृद्धि, वित्तिय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रर्बद्धनमा त बैंकहरुले महत्वपुर्ण भुमिका खेल्छन् नै ।

त्यसले गर्दा अन्यन्त्र बंैकिङलाई उच्च सम्मानपूर्वक हेरिन थालिएको छ । खासगरी अमेरिका, चाइना जस्ता व्यपारको जगमा सम्पन्न भएका देशहरुमा बैंकहरुको ब्याजदर अत्यन्त न्युन छन् । तर नेपालमा केही समय अघिसम्म दोहोरो अंकको ब्याजदरको मारबाट उद्योगी–व्यवसायीले उन्मुक्क्ती पाएका थिएनन् । त्यसैले पनि बैंकहरुलाई आधुनिक शुदखोरझै व्यवसायीहरुले ठाने । जति सफाचट र प्रणालीमा चलेको भएपनि समाजमा बैंकहरुको पछिल्लो समय धेरै नै आलोचना भएको हो ।

विगतमा जे–जस्ता महामारी आएपनि बैंकहरुको नाफा बृद्धि भएकै हो । तर उद्योगी व्यवसायीहरु भने मारमा परिरहे । हालै केही बर्ष चलेको कोरोनाको माहामारीको असर अहिले पनि उद्योग व्यवसायमा परिरहेको छ । एकातिर चर्को ब्याजदर र अर्कोतिर कोरोना लगायतका महामारी, आर्थिक असन्तुलन र मन्दी, युवा जनशक्तिको पलायनसँगै उपभोक्ता मागमा आएको कमीले उद्योगी व्यवसायी मारमा परे । साना तथा लघुउद्यम व्यवसाय भयंकर मारमा परे । युवा पलायन बढ्यो । उद्यमशीलता र उद्यमीय सपना भित्रभित्रै मर्यो ।

अहिले पनि अर्थतन्त्र शुस्त हिसावको मन्दीमै छ । आन्तरिक आर्थिक गतिविधिहरु कमजोर भएकैले अर्थतन्त्र सुधार आयोग नै बनाएर अनेकन प्रयास थालेको छ । अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र र उद्यमशीलताको अवस्था कमजोर छ । तरपनि बैंकहरुको मुनाफा भने बढेकै देखिन्छ । जस्तो चालु आर्थिक बर्ष ०८१–८२को ८ महिनामा वाणिज्य बैंकहरुले ४३ अर्ब बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले २०८१ फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसबीच क्रमश ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, ४ अर्ब ७२ करोड ९४ लाख र ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका छन् । अरु बाणिज्य बैंकहरु पनि राम्रै नाफा आर्जन गरेका देखिन्छन् । यसरी बैंकहरुको मुनाफा मन्दी होस् वा कोरोना माहामारी वा जस्तै विपतद्मा पनि बढेकै देखिन्छ । तर उद्यमशीलता, आर्थिक बृद्धि र आन्तरिक आर्थिक गतिविधि, उद्योगधन्दा भने बढेको छैन । बरु कमजोर हुँदै गएको छ ।

यसले व्यवसायिक वातावरणमा राम्रो रहेको देखाउँदैन । जसले सामाजिक उद्यमशीलता, रोजगारी बृद्धिमा नकारात्मक प्रभाव पारेको छ । हिजोआज मानिसहरु कुन व्यवसाय गर्ने, के गर्ने भन्ने सम्बन्धमा एकचोटी सोच्लान् तर बैंकबाट ऋण लिँदा १० चोटी सोच्न थालेका छन् । वातम्बमा यसले दिर्घकालिन रुपमा बैंकहरुलाई बेफाइदा गर्ने हो ।

बैंकहरुले ब्यवसायको दायरा पो बढाउनु पर्ने हो । तर बढी नाफा आर्जन गर्ने मात्रैको सोच स्थापित हुँदैछ । उनीहरुको नाफामात्रैको प्रतिस्पर्धामा उत्रिएर विगतमा घरजग्गा लगायत क्षेत्रमा धेरै नै लगानी केन्द्रित गर्दा खराब कर्जाको दर कहालीलोग्दो रुपमा बढेको छ । अहिले बाणिज्य बैंकहरुको औषत खराब कर्जाको दर ५ प्रतिशत नाघ्‌न थालेको छ । वास्तम्बमा बैंकहरु अल्पकालिन नाफामा केन्द्रित रहँदा आर्थिक बृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता बृद्धिमा बैंकहरुको ध्यान जान सकेको छैन ।

उद्यमशीलता
नीजि क्षेत्रका कलेज तथा बंैक–वित्तिय संस्थाले उद्यमशीलता अभिबृद्धि गर्न शसक्त भुमिका खेल्न सक्छन् । तर त्यसको प्रभावकारी पहल उनीहरुले गरेका देखिदैनन् ।

राज्यले उमशीलतालाई प्रोत्साहन गरेको पनि छैन । राजनीतिक दलहरु उद्यमी व्यवसायीहरुलाई पार्टी चलाउनका लागि चन्दा उठाउने स्रोत साधन मात्रै ठानेका हुन्छन् । समाजमा उद्यमशीलता बढाउने, आर्थिक विकास गर्ने सोच उनीहरुमा कहिँकतै देखिदैन ।
उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इच्छा हुदैनथ्यो भने उसले कसरी व्यवसाय विस्तार गर्ला ? पैसा कमाउने उद्यमीको प्रकृति वा जात नै हो । उद्यमीले पैसा कमाएकोमा समाजले डाहा गर्नु कचाचित हुदैन । एउटा उद्यमीले पैसा मात्रै कमाइरहेको हुदैन । उसले धेरैलाई रोजगारी पनि दिएको हुन्छ । बैकहरुसँग ऋण लिएर उनीहरुको आम्दानी बृद्धिमा सघाएको हुन्छ । आयात तथा निर्यात व्यापारमा सघाएर राज्यको राजस्व रकम बढाएको हुन्छ । राज्यलाई आयकर तिरेर सरकारलाई आम्दानीको स्रोत जुटाएको हुन्छ । नयाँ–नयाँ उद्योग, कारखाना खोलेर मुलुकलाई आत्मनिर्भर, सम्बृद्ध र विकसित बनाउन उद्यमीले सघाएको हुन्छ । अनि हामी तिनै उद्यमीहरु जो मौरीजस्तो खटिरहेका हुन्छन् दिमाग खियाइरहेका हुन्छौ । तिनैलाई लखेट्छौ भने देश कसरी उभो लाग्छ ? त्यसकारण उद्यमी व्यवसायी भनेका राज्यका गहना हुन् । उनीहरुहरुलाई राज्यले, समाजले, वित्तिय संस्थाहरुले सबैले सम्मान गर्नुपर्छ, उनीहरुलाई सहयोग गर्नुपर्छ ।

उद्यमशीलता बृद्धिमा बै‌ंकको भुमिका
धेरैजसो उद्यमीहरुलाई आफनै स्रोतमार्फत पुँजी पुर्याउन गाह्रो हुन्छ । किनकी उनीहरुलाई वित्तिय ज्ञान र व्यवस्थापनको अभाव पनि हुनसक्छ । त्यसकारण पुँजी विना अर्थात ऋण विना उद्यमीहरुलाई कोष जुटाउन गाह्रो हुन्छ । उनीहरुको प्राथमिक सा्रेत नै बैंकहरुबाट प्राप्त गर्ने ऋण नै हो । जस्तो ऋण प्रवाह गर्नु बाहेक पनि बैंकहरुले विभिन्न तवरले उद्यमीहरुलाई सघाइरहेका हुन्छन् । जस्तो बैंकहरु पैसा र सम्पति सुरक्षित राख्छन् । उनीहरुले उद्यमीका बहुमुल्य सम्पति र पैसा सुरक्षीत राखेर सहयोग गर्छन् । त्यसैगरी ग्राहकसँगको व्यवसायीक कारोबार सहज बनाउन बैंकहरुले भुक्तानी प्रणालीलाई सहज बनाइ दिएका हुन्छन् । फलस्वरुप उद्यमीहरुलाई करोबारमा सहयोग पुग्दछ । त्यसैगरी बैंकहरु नै उद्यमीहरुका उत्कृष्ठ सल्लाहकार पनि हुनेगर्छन् । बैंकहरुले उद्यमीहरुलाई कर, कम्पनी तथा लगानी सम्बन्धी उचित सल्लाह पनि दिन्छन् ।

जस्तो कि अहिले नेपालमा धेरै बंैक तथा वित्तिय संस्थाहरु छन् । उनीहरुले पुँजीको बागडोर सम्हालेर बसिरहेका छन् । उद्यमी व्यवसायी र उनीहरुको सम्बन्ध असाध्यै नरम र सहयोगी हुन जरुरी छ । बैंकहरुको अहिलेको व्यवसायको आकार बढाउन पनि उद्यमी ब्यवसायी चाहिन्छ र उद्यमशीलता अभिवृद्धि भएर अघि बढ्न पनि बैंकहरु नै चाहिन्छन् । त्यसकारण मुलत बैंकहरुले अब आफनै ब्यवसाय बढाउने दिर्घकालिन सोच राखरे पनि उद्यमीहरु कसरी बढाउने भन्नेबारे कार्यक्रमहरु अघि ल्याउन सक्नुपर्छ । केहीहदसम्म राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, एनएमबि बैंकहरुले उद्यमशीलता अभिवृद्धिको लागि पहल सुरु गरेका देखिन्छन् । नबिल बैंकले त दिगो बैकिङको नारा नै अघि सारेको छ । उसले त्यसै नारा अर्न्तगत नयाँ उद्यमी सिर्जना गर्न र तिनैलाई लगानी गर्न वार्षिक ४० जना लाभान्वित हुनेगरी उद्यमशीलता तालिममा आधारित ‘फेलोसिप’ कार्यक्रम नै अघि सारेको छ । भलै नबिलको कार्यक्रमको आकार सानै लाग्ला तर त्यो नविनतम सुरुवात हो । सबै बंैकहरुले त्यस्तै सुरुवात प्रतिस्पर्धात्मक रुपमा गर्न जरुरी देखिन्छ । खाली व्यवसायिक युनिटहरुको विस्तार गर्ने, भाँडो थाप्नेमात्रै होइन् । भाँडो भरिदिने विइङसको सिर्जना गर्दै लैजानुपर्छ । बैंक वित्तिय संस्थाहरुको त्यो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।

बैक–वित्तिय संस्था, इन्स्योरेन्स, कलेज आदिले खाली मुद्राको व्यापार र विनिमय मात्रै गरेर हुदैन । आधुनिक समयमा नविनतम हिसावले पनि सोच्न जरुरी छ ।

गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...