33.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

सेनाकाे नि:शुल्क आँखा परिक्षण

परवानीपुर । क्रियाशिल युवा पत्रकार मञ्च नेपालको आयोजनामा साेमबार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । ‘पारदर्शीता, निष्ठा र निर्भिकता–हाम्रो साझा प्रतिबद्धता’ भन्ने ध्येयका साथ स्थापित क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित शिविरमा १६ महिला सहित २ सय २५ जनाले आँखा परीक्षण गराएका छन् ।

श्री श्रीजंग गण पर्साको सहकार्यमा सम्पन्न शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका अप्टोमेटिट्स प्रभात चौरसिया नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण गरेको थियो । श्री श्रीजंग गणका प्रमुख डायमण्ड कार्कीले आफ्नो आँखा परिक्षण गराई कार्यक्रमको शुभारम्भ गरेका थिए l

मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न शिविरमा परीक्षण गराएका २ सय २५ जना मध्ये कसैमा पनि मोतियाबिन्दु फेला नपरेको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए । शिविरमा उषा कुमाल, अरूणा रायमाझी, लक्ष्मी बरै, निरा पौडेल, कृष्ण तिवारी, प्रमेन्द्र कुमार पासवान, कल्याण प्रसाद घिमिरे, सिताराम थापा लगायतले आँखा परीक्षण गराएका पटेलले वताए ।

आँखा परीक्षणसँगै औषधीसमेत वितरण गरिएको मञ्चका महासचिव बिरेन्द्र साहले वताए । शिविरमा मंचका कोषाध्यक्ष उपेन्द्र बरै, सदस्यहरु ओमप्रकाश बर्णवाल, निलम चौधरी, कन्हैयालाल वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.951 sec. Memory consumption:82.47 mb