24.7 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

पर्सा : खेतमा काेदालाे चलाइरहेका कृषककाे चट्यांग लागेर मृत्यु

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औँराहामा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

स्थानिय ३२ बर्षिय हरिन्द्र दास थारुकाे चट्याङ लागेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय एकटाङ्गाका बरिष्ट प्रहरी नायब नरिक्षक कुल बहादुर कुंवरले जानकारी दिए । मंगलबार दिउसाे ३ बजे खेतमा कुदालाे चलाई रहेकाे अवस्थामा चट्याङ लागेर दासकाे मृत्यु भएकाे कुंवरले वताए ।

पानीसंगै आएकाे चट्यांगले उनकाे टाउकाेमा लागेर घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतक दासकाे शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स

कृषि बधुवा मजदुरहरुको सवालमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया

कालिका टाईम्स
SQL requests:214. Generation time:7.153 sec. Memory consumption:82.45 mb