24.7 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीका निर्वाचन अधिकृत डा. पाैडेलकाे बिदाई

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा आइतबार एक कार्यक्रमकाे बिच निर्वाचन अधिकृतलाई बिदाई गरिएकाे छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे स्थानिय तह निर्वाचन गराउन निर्वाचन अधिकृतकाे जिम्मेवारी पाएका उप न्यायाधिवक्ता डा. सुर्य प्रसाद पाैडेलकाे गाउँपालिकाले बिदाई गरेकाे हाे ।

गाउँ कार्यपालिकाकाे कार्यालय सखुवा प्रसाैनीमा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष यसवन्त यादव र प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले निर्वाचन अधिकृत डा. पाैडेललाई फुल माला र अविरकाे टिका लगाएर मायाँकाे चिन्हाे प्रदान गरी बिदाई गरेका थिए ।

साे अवसरमा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले सखुवा प्रसाैनीकाे निर्वाचनमा निर्वाचन अधिकृत डा. पाैडेलकाे भुमिका सराहनिय रहेकाे वताए । उनले बैशाख ३० गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र साैदाभपूर्ण रुपमा सम्पन्न गराउने निर्वाच अधिकृतसहित सम्पूर्णलाई धन्यावाद समेत दिए ।

मुख्य न्यायाधिवक्ताकाे कार्यालय भागमती प्रदेश, हेटाैंडामा कार्यरत उप न्यायाधिवक्ता डा. पाैडेल सखुवा प्रसाैनी गाउँपालिकाकाे निर्वाचन गराउन आएका थिए । सखुवा प्रसाैनीमा बैशाख ८ गते निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे थियाे ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स

कृषि बधुवा मजदुरहरुको सवालमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया

कालिका टाईम्स
SQL requests:214. Generation time:6.798 sec. Memory consumption:82.47 mb