30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरकाे दाेस्राे बाेर्ड बैठक सम्पन्न, विभिन्न समितिहरु गठन

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे दाेस्राे बैठक सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा वसेको बैठकले गाउँ सभा बारे छलफल गर्दै विभिन्न समितिहरु गठन गरेकाे छ ।

गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा बसेकाे बैठकले उपाध्यक्ष बबिता सिंह क्षेत्रीकाे संयाेजकत्वमा स्थानिय राजश्व परामर्श समिति गठन गरेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

साथै उपाध्यक्ष क्षेत्री कै अध्यक्षतामा ३ सदस्यीय न्यायिक समिती समेत गठन भएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए । न्यायिक समितीकाे सदस्यमा वडाध्यक्षमा बिहारी मह्तो नुनिया र लक्ष्मी साह तेली चयन भएका छन् ।

बैठकमा शिक्षा, स्वास्थ्य, कृषिसंगै युवाको रोजगारको बिषयमा समेत छलफल भएकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:5.021 sec. Memory consumption:81.46 mb