वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ मा रहेकाे श्री ने.रा.प्रा. एकडर्वामा साेमबार ४ कोठे भवनको शिलान्यास गरिएकाे छ । ३६ लाखकाे लागतमा निर्माण हुने भवनकाे गाउँपालिका अध्यक्ष यसवन्त यादवले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महताे, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, प्राविधिक शाखा प्रमुख सुरेश साह, रामबाबु पटेल, राधेश्याम पटेल, प्रमोद रौनियार, सत्यनारायण यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस