24.7 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

महिलाहरुकाे नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा “पिछडा वर्गका महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम” सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिकाकाे आर्थिक सहयोग तथा परिवर्तन अभियान नेपालको आयोजनामा क्षमता विकास तालिम सम्पन्न भएकाे हाे ।

तालिममा पिछडा वर्गका महिलाहरुको प्रभावकारी नेतृत्व विकास, राज्यले प्रदान गरेको हक अधिकार, निति निर्माण र निर्णय गर्ने तहमा महिलाहरुको संख्यात्मक र गुणात्मक सहभागिता, महिलाहरुको विकासमा भुमिका, महिला विभेद तथा हिंसा, महिला प्रतिको रुढिवादी सोचमा परिवर्तन, महिलाहरुको विकास कार्यमा सकृय सहभागिता, महिला बाधा अचडन जस्ता विषयहरुमा प्रशिक्षण दिईएको आयाेजक संस्थाका अध्यक्ष मनोज कुमार यादवले जानकारी दिए ।

सखुवा प्रसौनी गाउँपालिकाकी उप–प्रमुख शर्मिला विष्ट महतोको प्रमुख अतिथित्वमा भएकाे तालिममा वडाध्यक्ष मुन्ना राउत कमकर, आयाेजक संस्थाका अध्यक्ष मनोज कुमार यादव, कोषाध्यक्ष दिनेश्वर प्रसाद साहको विशेष उपस्थिति रहेकाे थियाे ।

महिलाहरुको सहभागिता लैंगिक समानता र दिगो तथा न्यायिक विकासको सुचकको रुपमा रहेका महिलाहरुको सक्षम, सवल र सक्रिय बनाउनु सबैको दायित्व रहकाे उप प्रमुख विष्टले बताइन ।

तालिममा मनोज वर्णवाल, माधुरी गुप्ता, दिनेश्वर साह, मनोज यादवले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स

कृषि बधुवा मजदुरहरुको सवालमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया

कालिका टाईम्स
SQL requests:214. Generation time:7.236 sec. Memory consumption:82.47 mb