30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुर गाउँपालिका कार्यालयमा विधुत चुहावट भइरहेकाे फेला

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे कार्यालयमा विधुत चुहावट गरेर प्रयाेग गरेकाे पाइएकाे छ । लाेमाे समयदेखि गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरले विधुत चुहावट गरेर प्रयाेग भइरहेकाे पाइएकाे हाे ।

विधुत चुहावट बारे नेपाल विधुत प्राधिकरण पाेखरिया वितरण केन्द्रलाई थाहा भएपछि गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरलाई त्यस्ताे नगर्न पनि सचेत गराएकाे छ । विधुत प्राधिकरण पाेखरियाका प्रमुख इन्जिनियर जगर्नाथ झाले गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवलाई फाेन गरेर विधुत चुहावट बारे जानकारी गराएका हुन् ।

निर्वतमान गाउँपालिका अध्यक्ष जालिम मियाँकाे पालादेखि नै गाउँपालिका जस्ताे सरकारी कार्यालयमा हुँकिङ गरेर विधुतकाे प्रयाेग हुँदै आएकाे हाे ।

प्रमुख झाले विधुत चुहावट बारे थाहा भएपछि त्यसाे नगर्न र मिटर लिन गाउँपालिका अध्यक्षलाई आग्रह गरिएकाे वताए । 

यस विषयमा गाउँपालिका अध्यक्ष यादवसंग बुझ्दा विधुत चुहावट बारे आफुलाई थाहा नभएकाे वताए । उनले भने “विधुत कार्यालय पाेखरियाका हाकिम सावले मलाई फाेन गरेर भन्दा मात्र आफुलाई थाहा भयाे । त्यस लगतै म गाउँपालिकाका कर्मचारीलाई फाेन गरेर त्यसाे नगर्न र तुरुन्त विधुत मिटरकाे प्रक्रिया थाल्न निर्देशन समेत दिएकाे छु ।”

भ्रखर केही दिन पहिला मात्र आफु अध्यक्षमा निर्वाचित भएर गाउँपालिकामा आएका कारण आफुलाई सबै कुरा थाहा भएन,अहिले बुझ्नै प्रयासमा रहेकाे उनले प्रतिक्रिया दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.675 sec. Memory consumption:81.46 mb