Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंजमा दुई सय युवाहरु जनमत पार्टीमा प्रवेश

spot_img
spot_img

वीरगंज । जनमत पार्टी निकट युवा जनमत संघ पर्साकाे आयाेजनामा साेमबा वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।  वीरगंजस्थित जनमत पार्टी पर्साकाे पार्टी कार्यालयमा भएकाे कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवाहरुले प्रवेश गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

कार्यक्रममा जनमत पार्टीका नेता तथा मधस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ र जिल्ला अध्यक्ष सर्राफले नवप्रवेशीहरुलाई माला, गम्छा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य माधव सिंह, केन्द्रिय सदस्यहरु सिपु तिवारी, अनुराग द्धिवेदी, बिध्यालाल प्रसाद, युवाको केन्द्रिय संयोजक संजय यादव, युवा नेता संजय सिंह, महादेव शर्मा, राजुराज गिरी, मनोज साह लगायतकाको पनि सहभागीता थियो ।

साेही अवसरमा युवा जनमत संघ पर्साकाे २१ सदस्यीय समिति बिस्तार पनि भएको जनमत पार्टी पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...