Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको आयोजनामा स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्जको बिर्तास्थित नारायणी सेन्ट्रल हस्पिटलमा सम्पन्न कार्यक्रममा नारायणी अस्पतालका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन एवम् सर्जरी विभागका उपप्राध्यापक डा. सुनिलप्रसाद जयसवाल र नारायणी सेन्ट्रल अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर प्रियंका चौधरीले स्तन क्यान्सर तथा पाठेघरको क्यान्सरका बारेमा प्रस्तुती दिएका थिए ।

उनीहरुले स्तन तथा पाठेघरको क्यान्सरका प्रारम्भिक लक्षणहरू, बच्ने उपायहरु, उपचारका विधि लगायतका बारेमा प्रकाश पारेका थिए ।

जनवरी महिनालाई विश्व पाठेघर क्यान्सर जनचेतनामा महिनाको रुपमा पनि मनाइन्छ । यसैलाई लक्षित गरेर किशोरी र महिलालाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभि भ्याक्सिन लगाउन पनि स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रियंका चौधरीले आग्रह गरिन् । सर्जन डा. सुनिल जयसवालका अनुसार स्तन क्यान्सर प्राण घातक रोग हो । समयमै उपचार गराएमा सहज हुने उनले बताए ।

रोट्याक क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष दिपु कुमार वर्णवालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले युवाको सक्रियतामा सचेतनामुलक कार्यक्रम आयोजना हुनुले सकारात्मक सन्देश प्रवाह गरेको बताए । क्यान्सर सचेतना अति जरुरी रहेको बताउँदै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि सुझाव दिए ।

क्लबले सचेतनामुलक कार्यक्रम निरन्तर रुपमा गर्दै आएको अध्यक्ष वर्णवालले बताए । आगामी दिनमा यही कार्यक्रमर्ला अन्य अस्पतालसँगै विद्यालय तथा ग्रामिण भेगमा पनि आयोजना गर्ने उनको योजना छ ।

सोही अवसरमा नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) प्रमुख हेमा थापाले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा क्यान्सर लाग्नै नदिन सजगता अपनाउनुपर्ने आवश्यक्ता औँल्याइन ।

कार्यक्रममा नारायणी सेन्ट्रल अस्पतालका सुरेश क्याल, क्लबका आगामी अध्यक्ष (प्रिसेडेन्ट इलेक्टेड) रोहित गुप्ता, क्लबका कार्यक्रम संयोजक नकुल गुप्ता, उपाध्यक्ष रामबिनय यादव, सदस्य रोशन गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा त्रिविया डिजिटल स्कुपका अंकित चौरसियाले प्राविधिक सहयोग गरेका थिए भने ब्राईट पब्लिक स्कुल र क्षीर सागर स्विट्सले पनि कार्यक्रम आयोजनामा सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...