Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपा पर्साले संगठन निर्माण अभियान संचालन गर्ने

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी पर्साले संगठन निर्माणका लागि २ महिने अभियान संचालन गर्ने भएको छ । भोलि सोमबारदेखि सुरु हुने संगठन निर्माण रास्वपा जिल्ला कमिटी पर्साको बैठकले माघ १४ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न पर्साको १४ वटै पालिकामा विज्ञ सम्मिलित कार्यदल बाउनेबारे समेत छलफल भएको क्षेत्रिय संयोजक जितेन्द्र मिश्रले जानकारी दिए ।

भोलि सोमबारदेखि सुरु हुने संगठन निर्माण एवं विस्तारमा पार्टीको सदस्यता वितरण साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न पालिका समितिहरुलाई सहजीकरण गर्ने जस्ता कार्यक्रम गरिने क्षेत्रिय संयोजक मिश्रले बताए ।’

जनताको अवस्था परिवर्तन गरि सुशासन कायम गर्न र भ्रष्टाचार मुक्त गरेर विभेदमुक्त समाज निर्माण्को निम्ति रास्वपाको संगठन तथा सदस्यता वितरण अभियानमा सहभागि भई आफ्नै गाउँ घर टोलबाट सदस्यता लिन र पार्टीमा आबद्ध हुन रास्वपा पर्साले आग्रह गरेको छ ।

२०८४ सालको निर्वाचनलाई लक्ष्य गरी पार्टीको आन्तरिक संरचना बनाउने काम भइरहेको रास्वपाका नेताहरू बताउँछन् । विधानअनुसार नै प्रदेशदेखि वडासम्म संगठन चुस्तदुरुस्त बनाउँदै लैजाने रणनीति पार्टीले लिएको उनीहरूको भनाइ छ ।

संगठन निर्माणको शैली र प्रक्रिया अरू दलको भन्दा केही फरक रहेको मिश्रको भनाइ छ । ‘धेरै पद बनाउनेभन्दा पनि छरितो समिति बनाउन जोड दिएका छौं, काम गर्न आवश्यक पद मात्रै सिर्जना गरिएको छ, दोहोरो जिम्मेवारी दिएका छैनौं, टीका लगाउनेभन्दा पनि प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व छनोटमा जोड दिन्छौं,’ उनले भने ।

पार्टीको आन्तरिक संरचना निर्माण गर्ने, शुभेच्छुकलाई जिम्मेवारी दिने र संसद्मा नागरिकको मुद्दा उठाउने काममा ध्यान दिइएको उनको भनाइ छ ।

साथै पर्सामा सञ्चालन हुने संगठन निर्माणका लागि उपसमिति समेत गठन गरिएको छ । रस्वापा केन्द्रिय सदस्य डा नन्दन यादवको संयोजक गठन गरिएको उपसमितिमा हरि पन्त , तुलसी अधिकारी , सुदिश कुमार , कृष्णा पासवान , सुरेश यादव , जितेन्द्र मिश्र लगायतका सदस्यहरू रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...