Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

कलैयाकाे एक मुसहर बस्तीमा अझै विधुत लाइन नहुँदा समस्या

spot_img
spot_img

छठु साह/
वीरगंज । बाराको कलैया उपमहानगरपालिका ३ मोतिवागकाे मुसहर बस्तीमा अझै सम्म बिधुत लाइन पुग्न सकेकाे छैन । मुलुकमा तिन तहकाे सरकार भएपनि मुसहर बस्तीमा अझै सम्म बिधुत लाईन नपुग्दा कसैकाे ध्यान पुग्न सकेकाे छैन । साे बस्तीमा विधुत लाइन नहुँदा गरिब र विपन्न परिवारका १० घरदुरी अंध्यारोमा बस्न बाध्य भएका छन् ।

४० जनाको परिवार रहेका साे बस्तीका बासिन्दाले मोवाईल चार्ज गर्नका लागी अरुको घरमा जाँदा १० रुपैया तिरेर चार्ज गर्नु पर्ने बाध्यता रहेको वताउँछन् । बिधुत नहुँदा दिउसो सुर्य अस्ताउनु भन्दा पुर्ब नै खाना बनाएर खानु पर्ने हुन्छ नत्र मैनबती बालेर बस्नु पर्ने बाध्यता रहेकाे छ । मैनबती बाल्दा आगलगी हुने खतरा समेत रहेकाे स्थानिय बताउँछन् । केही दिन पहिला मात्र साेही बस्तीमा मैनवतीले नै अगालागी हुँदा घरहरु जलेर पुर्ण रुपले नष्ट भएको थियो ।

सरकारले माद्यमिक तह सम्म शिक्षा नि:शुल्क गरे पनि मुसहर बस्तीका बालबालिकाहरु विद्यालय नगएको र शिक्षाबाट बंचित रहेको स्थानियहरु बताउँछन् । स्थानियका अनुसार साे बस्तीमा एक छाक टार्न धाउधाउ हुन्छ, उनीहरु दैनिक ज्यालादारी गरि खान बस्द आएका छन् । एक दिन काम नगरेकाे खण्डमा भोक्कै बस्नु पर्ने बाध्यता समेत रहेकाे छ ।

गरिबीका कारण ती बस्तीका अभिभावकहरुले आफना बालबालिकाहरुलाई शिक्षा दिन तत्परता नदेखाएको स्थानियहरु बताउँछन । गास, बास, कपास अभाव रहेका ती दलित परिवारका लागि सरकारी तथा गैर सरकारी कुनै योजनाहरु छुननसकेको स्थानिय बासी बताउँछन् ।

स्थानिय, प्रदेश र केन्द्र सरकारका दलित तथा गरीब र सिमांकृतका लागी आवासको योजनाहरु आए पनि सम्बन्धीत निकायको ध्यान नजादा ती बस्ती रितै बस्न बाध्य भएका छन ।

गरीब, दलित, पछाडी पारिएकाहरुका लागी आएका बजेट तथा अन्य सेवामुलक सरसमानहरु नेता, जनप्रतिनिधी तथा अगुवाहरुले आफना भरभरदार, नातागोता, आफना कारकर्ताहरुलाई दिने गरेकोले समस्यामा रहेका पिडीत पक्षधरहरु सेवा लिनबाट बंचित हुँदा सम्बृद्ध र सुखी समाजको निमार्ण हुन नसकेको हो ।

नेपाल सरकारको फितलो निती, नियमहरु कार्यन्वयन गर्न जिम्मेवार पक्षले नै ध्यान नदिएको र आफै धामी आफै झाक्री भएकोले समस्या उत्पन भएको छ । केही दिन अगाडी ती बस्तीका लागी ९ घरपरिवारलाई घर निमार्ण सामाजसेवी पर्सा निवासी प्रकाश थारुले गरेका छन । त्यती मात्र होईन पानी पिउने चापाकलको ब्यवस्थापन पनि गरेको समाजसेवी थारुले बताउँछन् ।

आफुले सकेजति सहयाेग गरेकाे समाजसेवी थारुले वताए  । तर बिधुत जडान आफना बलबुता संग मेल नखाएको र गर्न नसक्ने भएकाले सम्बन्धीत निकाय र सरकार पक्ष तीनै तहले जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए । ती बस्तीमा बिधुत र शिक्षाको ब्यवस्थापन गर्न जिम्मेवारी सम्बन्धीत निकाय तथा सरकार पक्षले लिनु पर्ने उनले वताए ।

नागरिकताकाे समस्या पनि सो समुदायमा रहेको छ । केही मात्रामा नागरिकताकाे समस्या सामाधान भए पनि अझै केही समस्या रहेको छ । ति समुदायमा बिधुत, शिक्षा, नागरिकता अवस्था दैनिय रहेको छ । यदि सो क्षेत्रका नागरीक समाज, समाजसेवीहरु र जनप्रतिनिधी लगायत अन्य राजनितीक दलका अगुवाहरुले आफना कर्तब्य, जिम्मेवारी र मानवता देखाउन जरुरी देखिन्छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...