Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

जनमतद्वारा बिन्दवासिनीमा पनि नि:शुल्कु आँखा शिविर

spot_img
spot_img

वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत आइतबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १९ बिन्दवासिनीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । 

क्षेत्रीय पार्टी कार्यालय बिन्दवासिनीमा भएकाे शिविरमा १५२ जना महिला /पुरुष चेकजाँच गराएका हुन् । जस मध्ये ४३ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए । मोतियाबिन्दु भएकाको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।

सर्राफले हाम्रो अभियानबाट अहिले सम्म एक हजार भन्दा बढी जन समुदाय लाभान्वित भएकाे वताए । उनले २५० भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न जानकारी गराए ।

शिविरमा जनमत पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिश्र, केन्द्रिय सदस्य एवं पुर्व एसएसपी अनुराग द्विवेदी सहित नेताहरु अन्जना गुप्ता, संजय सिंह, सन्तोषी महतो, राजु साह, सरोज यादव, अजय साह कानु, महन्त रायभर लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...