24 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजका मेयर र उपमेयर आफै झाडु लिएर सडकमा

वीरगंज । वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले शनिबार आफै सडकमा झाडु लगाएका छन् ।

मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले शनिबार बिहान महानगरपालिका सरसफाइ शाखाका कर्मचारीहरुलाई संगै लिएर विभिन्न स्थानको सडक र नाला सरसफाइ गराएका हुन् । दुवै जना आफैले पनि सडकमा झाडु पनि लगाएका थिए ।

वीरगंजकाे विर्ता चोक, मकालु चोक, कैलाश होटल चोक, घडीअर्वा, माइस्थान हुँदै घण्टाघर सम्म पुगेर दुवै जनाले सडक र नाला सरसफाइ गराएका थिए ।

यसका साथै सडक र सडक पेटिमा थुपारिएका गिट्टी बालुवा पनि महानगरका कर्मचारीबाट उठाउन लगाएका थिए ।

त्यस क्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.807 sec. Memory consumption:81.48 mb