Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज पटेललाई प्रदान गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको तेस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस अघि गठित पत्रकारिता पुरस्कार वितरणको लागि नाम छनौट समितिको सिफारिसको आधारमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका पत्रकार पटेललाई पुरस्कार दिने निर्णय भएको संगठन पर्साका सह सचिव श्याम सर्राफले जानकारी दिए ।

२१ हजार रुपैया राशी रहेको पुरस्कार संगठनले मंसिर १६ गते आईतबारका दिन आयोजना गर्ने दोस्रो स्मृति सभामा वितरण गर्ने सहसचिव सर्राफले बताए ।

यसैगरी बैठकले संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको प्रकृति हेर्दा र विभिन्न दृष्टिकोणले नियाल्दा उनलाई सुनयोजित तरिकाले फसाइएको बैठकको निष्कर्ष छ । साथै बैठकले घटनाको निष्पक्ष छानविन गर्न प्रहरीलाई आग्रह गर्न संगठनबाट प्रेस विज्ञप्ती निकाल्न समेत निर्णय गरेको छ ।

बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, जितेन्द्र यादव, श्रवण साह, अमोद शर्मा, सरोज पटेल, प्रदिप साह लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...