33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीमा जसपाकाे शक्ति प्रदर्शन, पुन: प्रदिप जयसवाल विजयी हुने दाबी

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार शक्ति प्रदर्शन गरेकाे छ । गाउँपालिका अन्तर्गतकाे विभिन्न वडाबाट महुवन पुगेका १० हजार जति गाउँवासीकाे सहभागितामा निस्केकाे जुलुश लखनपुरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

जसपाका गाउँपालिका अध्यक्षका उम्मेदवार निर्वतमान अध्यक्ष प्रदिप जयसवालकाे नेतृत्वमा बाजागाजाकाे साथमा उत्साहपूर्ण गाउँवासीकाे सहभागिता निस्केकाे जुलुश महुवन, साेलखपुर, बलुवा, एकडर्वा, लखनपुर लगायतकाे गाउँ समेत परिक्रममा गरेकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै जसपा नेता एवम् मधेश प्रदेशकाे मुख्यमन्त्री लालबाबु राउत गद्दीले आजकाे कार्यक्रमकाे सहभागिताले सखुवा प्रसाैनीमा जसपाकाे जित सुनिश्चित गरेकाे वताए । उनले यत्राे ठूलाे संख्यामा भएकाे जनसहभागिताले विगतकाे कार्यकालमा प्रदिप जयसवालले राम्राे काम गरेकाे पुष्टि समेत गरेकाे वताए ।

प्रदेश सभा सदस्य मंजुर अन्सारीले गाउँपालिका अध्यक्षका उम्मेदवार प्रदिप जसवालसहित जसपाका सम्पूर्ण वडा सम्मका उम्मेदवारहरुलाई चुनाव चिन्ह छाता छापमा मतदान गरी विजयी गराउन आग्रह गरे । उनले पुन: गाउँपालिका अध्यक्षमा जयसवालसहितका जसपाका उम्मेदवार विजयी हुने दावी समेत गरे । 

 कार्यक्रममा गाउँपालिका गाउँपालिका उपाध्यक्षका उम्मेदवार शर्मिला बिष्ट महताे, वडा नं. १ काे वडाध्यक्षका उम्मेदवार अशाेक साह, वडा नं. २ काे वडाध्यक्षका उम्मेदवार चिरन्जीवी प्रसाद महताे थारु, वडा नं. ३ काे वडाध्यक्षका उम्मेदवार सदाम हुसैन अन्सारी, वडा नं. ४ काे वडाध्यक्षका उम्मेदवार सरिफ मियाँ अन्सारी, वडा नं. ५ काे वडाध्यक्षकाे उम्मेदवार रुपलाल कुमार यादव र वडा नं. ६ काे वडाध्यक्षका उम्मेदवार मुन्ना प्रसाद कम्मकर लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.041 sec. Memory consumption:82.48 mb