33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास

वीरग‌ंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाे प्रशासनिक भवनकाे पूर्व उप प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।

गाउँपालिकाकाे वडा नं. २ पंचगावा बजारस्थित गाउँपालिका अध्यक्ष प्रदिप जससवालका बुवा रामेश्वर प्रसाद कलवार र आमा कलवाती देवीले दान गर्नु भएकाे  ९ कठ्ठा २ धुर जग्गा निर्माण हुने भवनकाे अध्यक्ष यादवले शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष यादवले अहिलेकाे समयमा अध्यक्ष जयसवालका आमा-बुवा जस्ताे दानबिर कमै मान्छे पाउने भन्दै प्रशंसा समेत गरेका थिए । 

वडा नं. ३ का वडाध्यक्ष सलिम मियाँ अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अध्यक्ष यादवले जग्गा दाता अध्यक्ष जससवालका बुवा-आमालाई फुल माला र दाेसल्ला ओढाएर सम्मान समेत गरेका थिए । 

हेलिकेप्टरबाट गाउँपालिकाकाे भवन शिलान्यास गर्न अध्यक्ष यादव काठमाडाैंबाट सिधै सखुवा प्रसाैनी पुगेका थिए ।

भवन शिलान्यास कार्यक्रममा संघिय सांसद प्रदिप यादव, जसपा नेता राजेशमानसिंह, प्रदेश सांसद मनजुर अन्सारी, करिमा बेगम, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.962 sec. Memory consumption:82.5 mb