30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सभापति यादवकाे पहलमा श्री नेरामावि मसिहानीमा लगाइएकाे ताला खुल्याे

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री ने.रा.मा.वि. मसिहानीमा विद्यार्थीहरु लगाएकाे ताला मंगलबार खुलेकाे छ ।

बिषयगत शिक्षक र नियमित पठनपाठकाे माग गर्दै विद्यार्थीहरुले लगाएकाे ताला नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवकाे पहलमा खुलेकाे हाे । विद्यार्थीहरुकाे समस्या समाधान गरी ताला खुलाउन गाउँपालिका अध्यक्ष जालिम मियाँले कुनै पहल नगरेपछि सभापति यादवकाे पहलमा विद्यार्थीहरुले ताला खाेलेकाे वताइएकाे छ ।

सभापति यादवले कक्षाका १० का विद्यार्थीहरुलाई एक महिना निशुल्क काेचिङ कक्षा संचालन गर्न प्रतिवद्धता जनाएपछि एक सत्तादेखि लगाएकाे ताला विद्यार्थीहरुले खाेलेका थिए ।

यस अघि बिहिबार आन्दाेलित विद्यार्थीहरु गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा ताेडफाेड समेत गरेका थिए । साे क्रममा केही विद्यार्थीहरु घाइते समेत भएका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.696 sec. Memory consumption:81.46 mb