Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पत्रकार महासंघ पर्साद्वारा लोककल्याणकारी बिज्ञापनको भुक्तानी गर्न माग

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साले बिगत केही समयदेखि वीरगंज महानगरपालिकाले रोकिराखेको लोककल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णलाई ज्ञापन पत्र बुझाएका छन् ।

त्यस्तै सप्ताहिक पत्रिकलाई लोककल्याणकारी बिज्ञापनबाट वीरगंज महानगरपालिकाले वन्चित गरेको कारण स्थानीय पत्रपत्रिका समस्या परेको बताइएको छ । सप्ताहिक पत्रपत्रिकालाई पनि लोककल्याणकारी बिज्ञापन समावेश गराउनु पर्ने महासंघले माग गरेकाे छ ।

वीरगंज महानगपालिका आमसंचार सम्बन्धि कानुन ल्याउने नेपाल मै पहिलो पालिका भएपनी यसको कार्यनब्यनमा उदासिनता देखिनु संदेहको विषय बनेको बताइएको छ । त्यस्तै अहिले देखिएको आर्थिक शिथिलताको मारमा आमसन्चार माध्यमहरु परेको अवस्थामा वीरगंज महानगरपालिकाले दिदै आएको सहुलियत समेत रोक्का भएपछि थप संकट निम्तिएको ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै जेष्ठ पत्रकारहरुको लागि वीरगंज महागनगरपालिका स्वयमले छुट्टीयाएको बजेट कार्यन्वयनमा समेत अबिलम्ब भइरहेकोले यस्लालाई छिटो टुङाउनु पर्ने माग गरिएको छ ।

पत्रकार महासंघ पर्साका सचिव विजय चाैहानले हस्ताक्षर गरेकाे ज्ञापन पत्र बुझाउ पत्रकार महासंघ पर्साका उपाध्यक्ष निलिमा पौडेल, सदस्य राहुल गुप्ता, अजित भुजेल लगायतकाे टाेली महानगर पुगेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...