Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

वीरगंजबाट जुवा खेल्ने ६ जना पक्राउ, रु १ लाख ४५ हजार नगद बरामद

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मा प्रहरीले छापामारी गरि जुवाखालबाट जुवा खेल्ने आधा दर्जन मानिसलाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले शनिबार विहान १:३० बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१३ बस्ने सोनालाल कुशवाहाको पक्की घरको छतमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेकाे हाे ।

उक्त स्थानबाट जुवातास खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिकाकाे वडा नं. ४ निवासी ४६ बर्षिय धुरेन्द्र प्रसाद यादव, वीरगंज कै वडा नं. ११ निवासी ४२ बर्षिय बिमल बहादुर क्षेत्री, साेही वडा निवासी ५९ बर्षिय गणेश कुमार थापा, वडा नं.१३ निवासी ३१ बर्षिय राम श्रेष्ठ, वडा नं. १७ निवासी नरेश बहादुर सिंह पौडेल र साेही वडा निवासी ४५ बर्षिय जयराम प्रसादलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।   

पक्राउ परेका व्यक्तिहरुकाे जुवाखालबाटै नगद रू. १ लाख ४५ हजार ५ सय ४० र ३ वुक तास समेत बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए । निजहरू विरुद्ध जुवा सम्बन्धी कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...