Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

माईती नेपालकाे बार्षिक समिक्षा सम्पन्न, १ सय ३२ जनालाई सिमा क्षेत्रबाट उद्धार

spot_img
spot_img

वीरगंज । माईती नेपालकाे बार्षिक समिक्षा कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाको सभाहालमा भएकाे कार्यक्रममा २५ हजार ६ सय १५ जनालाई सिमाक्षेत्रमा निगरानी गरी परामर्श गरिएको संस्थाले जनाएकाे छ ।

यसका साथै संस्थाले २ सय ६५ जनालाई गृहमा संरक्षण दिएको, १ सय ३२ जनालाई सिमा क्षेत्रबाट उद्धार गरी गृहमा ल्याईएको, ३६ जनाको खोजतलासको निबेदन पर्दा १८ जनालाई फेला पार्न सफल भएकाे संस्थाले जनाएकाे छ ।

बिभिन्न किसिम्मका जोखिममा परेका अन्य निकायबाट १ सय १३ जनालाई ल्याईएको र भारतबाट १० जनालाई उद्धार गरिएको माईती नेपालकी प्रमुख गोमा पौडयालले वताइन । मानवबेचबिखन मुद्धा १ वटा दर्ता भएको थियो जसमा ४ जना पिडीत रहेको समेत प्रमुखले बताईन ।

उनका अनुसार घरेलु हिंसांको १८ वटा घटनामा ४ जनाको सुल्झाउन संस्थाले सफल भएकाे छ । स्पेन देशको फाउन्डेसन हेयरसको सहयोगमा संचालित परियोजना निरन्तरता दिईने र यसको सेवा क्षेत्र महलिा तथा बालबालिका रहेको छ । जोखीममा परेका वा पर्न सक्ने सम्भावना भएका महिला तथा बालबालिकाहरु लक्षित समुह रहेको छ ।

माईती नेपालकी गोमा पौडयालको अध्यक्षता र वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएकाे समिक्षा गोष्ठी सम्पन्न  भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख सिंहले कार्यक्रम गरेर नाम कमाउनु भन्दा हामीसंग समन्वय र सहकार्य गरी कार्यक्रमलाई गुणस्तरिय बनाउन आग्रह गरे । उनले एक बर्षमा एक पटक मात्र नभई २ वा ३ महिनामा समिक्षा गर्नु पर्ने सल्लाह दिए । उनले निरन्तर समन्वय र सहकार्यले सेवाग्राहीहरुले गुणस्तर र निरन्तर सहयोग लिन सक्ने सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कुमोद्ध ढुगेल जिल्ला समन्वय समिती पर्साका शाखा प्रमुख रामबाबु कुश्वाहा, जिल्ला प्रशासन कार्यालय पर्साकी रस्मी कर्ण, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, महानगर प्रमुखका सचिवालय सदस्य नवराज फयुयालले आफना सुझावहरु राखेका थिए भन्ने कार्यक्रमकाे सहजीकरण महिला, बालबालिका तथा समाजिक शाखा प्रमुख रंजना पंडितले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...