Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

बहुदरमाई नगरपालिका कार्यालयमा ताेडफाेड र आगजनी गर्ने माथि कारवाहीकाे माग

spot_img
spot_img

वीरगंज । पर्साका बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले नगरपालिका कार्यालयमा ताेडफाेड र आगजनी गर्ने र गराउने माथि कारवाहीकाे माग गरेका छन् ।

बहुदरमाई नगरपालिकाकाे कार्यालयमा गत शुक्रबार ताेडफाेड तथा आगजनी भएकाे थियाे । नगरपालिकाकाे कार्यालयमा भएकाे ताेडफाेड र आगजनीले अनुमानित ९६ लाख बराबरकाे क्षति भएकाे मेयर तेलीले जानकारी दिए । 

मेयर तेलीले साेमबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि नगरपालिका कार्यालयमा भएकाे ताेडफाेड तथा आगजनीकाे घटनामा संलग्न जाेकाेही माथि पनि कारवाही गर्न प्रहरी प्रशासनसंग माग गरेका हुन् ।

उनले नगरपालिकाका कर्मचारीहरुलाई उक्साएर आन्दोलन गराउने प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाको गतिविधिले गर्दा अख्तियारी नदिएको बताए ।

नगरपालिका अन्तर्गत १८ वटा विद्यालय रहेकोमा १७ वटा विद्यालय सञ्चालनमा रहेको बताउँदै डकैला बहुअरीको एउटा विद्यालयका शिक्षकहरु राजनीति गरेर विद्यार्थीहरुलाई उक्साएको मेयर तेलीको आरोप छ । कहीबाट सञ्चालित तत्वहरुले नगरपालिकालाई बदनाम गर्ने षड्यन्त्र गरेको मेयर तेलीको भनाई छ ।

उनले नगरपालिकाकाे कार्यालयमा भएकाे ताेडफाेड र आगजनीकाे घटनाकाे भर्त्सना गर्दै नगरपालिकामा सृजित समस्याकाे समाधान गरिदिन सम्बन्धित निकायसंग माग समेत गरे । मेयर तेलीले भने “आफुले गृह जिल्ला कै संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्तासंग बारम्बार समस्या समाधान गरिदिन आग्रह गर्दा पनि समस्या समाधान गर्न सक्नु भएकाे छैन ।”

उनले हाल नगरपालिकामा रहेका प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफासंग काम गर्न विश्वासकाे वातावरण नरहेकाेले अर्काे जुनसुकै प्रमुख प्रशासकिय अधिकृत पठाइदिन मैले बारम्बार मन्त्रालय मै पुगेर आग्रह गरेकाे छुं । तर उहाँले अर्काे प्रमुख प्रशासकिय अधिकृत नपठाइदिदा यस्ताे अवस्था आएकाे छ । 

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा वडा नं. ६ का वडाध्यक्ष प्रमाेद प्रसाद साह, वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादव लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे सरुवा विषयलाई लिएर दुई चिरामा जनप्रतिनिधिहरु विभाजित भएका छन् । नगरपालिकाकाे नगर सभा भएपनि खाता संचालन नहुँदा नगरपालिकाका अन्तर्गतका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरुले ६ महिनादेखि तलब समेत खान पाएका छैनन् । यसका साथ साथै नयाँ आर्थिक मसान्तदेखि नै विकास निर्माणकाे काम समेत प्रभावित भएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...