Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

छिपहरमाई संघर्ष समितिकाे गाउँपालिकासंग २६ बुंदे माग, आन्दाेलन गर्ने चेतावनी

वीरगंज । छिपहरमाई संघर्ष समितिले विभिन्न माग राख्दै पर्साकाे छिपहरमाई गाउँपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । संघर्ष समितिले २६ बुंदे माग राख्दै गाउँपालिकाकाे कार्यालयमा ज्ञापन पत्र बुझाएकाे हाे । 

- Advertisement -

संघर्ष समितिले ज्ञापन पत्र मार्फत आ.व. २०७५ सालदेखि २०८१ साल मंसिर मसान्त सम्म सौर्य सिचाई प्रणाली योजना कहाँ कहाँ हालेको छ, त्यसको Location ठेगाना, Detail Estimate, लाभग्राहीको विवरण बुझेको भरपाई माग गरेकाे छ । साथै त्यसको निवेदन छनौट तथा समझौताको प्रक्रिया सम्झौता गरेको संस्थाहरुको नाम, मिति, रकम संचालकको नाम र ठेगाना उल्लेखित विवरण, प्रगति विवरणको प्रमाणित प्रतिलिपी पनि माग गरेकाे छ ।

यस्तै आ.व. २०७५ साल देखि २०८१ साल मंसिर मसान्त सम्म आफ्नो नाउँमा गा.पा. अध्यक्षले जिन्सी सामग्रीहरु पेश्की तथा भुक्तानी के कति बुझेको छ कि, छैन त्यसको प्रमाणित प्रतिलिपी, आ.ब. २०७५ देखि २०८१ साल मंसिर मसान्त सम्म कुन नेपाल सरकारको ऐन तथा कानून बमोजिम गा.पा. अध्यक्षलाई अधिकार दिएको छ कि ईन्धनको कुपन काटन आफ्‌नो हस्ताक्षरले र त्यसको भुक्तानी गा.पा. ले तिर्ने, तथा आ.ब. २०७५ देखि २०८१ साल मंसिर मसान्त सम्म गा.पा. अध्यक्षको हस्ताक्षरले कती ईन्धनको भुक्तानी भएको छ त्यसको सम्पूर्ण प्रमाणित प्रतिलिपी पनि माग गरिएकाे छ ।

यसैगरी छिपहरमाई गाँउपालिका द्वारा संचालित कन्यादान योजना अन्तर्गतका २०७५ देखि २०८१ साल मंसिर मसान्त सम्म सम्पूर्ण लागग्राहीको नामावली, बुवाको नाम, ठेगाना र उमेर सहितको विवरण प्रमाणित प्रतिलिपी लगायतका २६ बुंदे सूचना माग ज्ञापन पत्र मार्फत माग गरिएकाे छ ।

पुस १४ गते भित्र माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए १४ गते आइतबारदेखि चरणवद्ध आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी समेत दिएकाे छ । संघर्ष समितिले आइतबार १४ पुससम्म गाउँपालिकालाई थप समय दिँदै तोकिएको समय सीमाभित्र माग पुरानभए चरणबद्ध आन्दोलनको घोषणा समेत गरेकाे छ।

गाउँपालिकाले माग पुरा नगरे संघर्ष समितिले १४ र १५ गते हातमा कालोपट्टी बाँधी पालिका अगाडि २ घन्टा धर्ना बस्ने, १६ गतेदेखि बिहान १० बजेदेखि २ घन्टा धर्ना बस्ने चेतावनी दिएका छन् ।

यसैगरी १८ पुसदेखि दैनिक १-१ घन्टा धर्नाको अवधि बढाउँदै २१ गते बिहान १० बजे देखि ६ घन्टा धर्ना दिने कार्यक्रम उनीहरुले घोषणा गरेका छन्।

बसी २१ गतेसम्म क्रमश: १–१ घन्टा धर्नाको अवधि थप्दै जाने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । यस अवधिमा समेत माग सम्बोधन नभए २२ गते देखि आफूहरु हिंसात्मक आन्दोलन गर्न बाध्य हुने तथा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने विषय अवगत गराउँदै संघर्ष समितिले चेतावनी दिएको छ । 

संवैधानिक व्यवस्था अनुसार सूचनाको हक प्रयोग गरि आफूहरुले पटक पटक लिखित रूपमा सूचना मांग गरेको तर अनियमितता ढाकछोप गर्ने मनसायले अटेरी गर्दै हाम्रा मांग तथा सूचना लुकाउदै आएको छिपहरमाई संघर्ष समितिले २६ बुँदे माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेर निमित्त प्रमुख प्रशासकिय अधिकृत सनिकुमार लाई ज्ञापन पत्र बुझाएकाे हाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले १९औँ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणपति मोहन बहादुर...

परवानीपुर गोल्डकप : वीरगंज युनाइटेडको रोमाञ्चक जित

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा वीरगंज युनाइटेड क्लबले सडेनडेथमा जित निकाल्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ। परवानीपुर खेल मैदानमा भएको...

वीरगंज सडक विस्तारः विकासको सुरुवातसँगै पुनर्स्थापनाको चुनौती गहिरिँदै

वीरगंज । वीरगंजमा लामो समयदेखि रोकिएको सडक विस्तारको काम सुरु भएसँगै सहर विकासको नयाँ चरणमा प्रवेश गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि...