33.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

कालिकामाईमा निशुल्क आँखा तथा दाँत शिविर सम्पन्न

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरमा शनिबार निशुल्क आँखा तथा दांत शिविर सम्पन्न भएको छ । रोटरी र रोट्रेक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा भएकाे शिविर सम्पन्न भएकाे हाे । 

श्री ने.रा.मा.बि. कट्टी बलुवामा भएको शिविरमा एक सय ६० जनाले आँखा र एक सय जनाले दाँतकाे परिक्षण गराएकाे आयाेजक राेटरी क्लब वीरगंज मेट्राेपाेलिसका सचिव नन्दन कुमार सचिवले जानकारी दिए । आँखा परिक्षण गरेकाहरु मध्ये ५७ जनामा माेतियाबिन्दु फेला परेकाे उनले जानकारी गराए । 

किरण आँखा अस्पताल र स्माइल डेन्टलकाे सहयाेगमा भएकाे शिविरमा नि:शुल्क औषधि समेत वितरण गरिएकाे राेट्रेक्ट क्लब आँफ वीरगंज मेट्राेपाेलिसका सचिव दिपु बर्णवालले जानकारी दिए ।

मोतिया बिन्दुबको समस्या देखिएका आँखा रोगीहरुलाई किरण आँखा अस्पतालमा सहुलियत दरमा शल्यक्रिया समेत गरिने सचिव बर्णवालले जानकारी गराए ।

शिविरमा कालिकामाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हरिओम साह कलवार, रोटरी क्लब ऑफ वीरगंज मेट्रोपोलिसका प्रेसिडेन्ट दीपराज केएल, सचिव नन्दन चौरसिया, चन्दन सिंह, रोट्रेक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका उपाध्यक्ष रबिन श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश कर्ण, सचिव दीपू वर्णवाल, रोहित गुप्ता, अंशु बर्णवाल, रेशु अग्रवाल, आदत हवारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.024 sec. Memory consumption:82.47 mb