वीरगंज । सशस्त्र प्रहरीले भन्सार राजश्व छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याईएकाे ठूलाे परिणाममा कपडा बरामद गरेकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. २५ रामगढवास्थित लक्ष्मण प्रसाद कुर्मीकाे घरमा छापा मारी ६५ पाेका कपडा बरामद गरेकाे हाे ।
कुर्मीकाे दुई तले घरकाे भुँई तलामा रहेकाे ३, ४ र ५ नं. काे ३ वटा सटर काेठा वीरगंज महानगरपालिकाकाे वडा नं. २० निवासी अनुप शर्माले भाडामा लिई लुकाई छिपाई राखेकाे कपडा बरामद गरिएकाे सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतकाे कमाण्डमा १५ जना, विओपि वीरगंजबाट सशस्त्र प्रहरी निरिक्षक सुवर्ण बहादुर बमकाे कमाण्डमा ९ जना र वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलसहितकाे संयुक्त टाेलीले उक्त कपडा बरामद गरेकाे हाे ।
वडाध्यक्ष दशरथ राउत कुर्मी लगायत स्थानिय भद्रभलालमीहरुकाे राेहबरमा कानुनी पक्रिया पुरा गरी उक्त घरकाे खनतालासी गर्दा ६५ पाेक्का कपडा बरामद भएकाे सशस्त्र प्रहरी पर्साका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेतले वताए । बरामद कपडा आवश्यक कारवाहीकाे लागि वीरगंज भन्सार कार्यालयमा राखिएकाे उनले जानकारी दिए ।