Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

रास्वपा पर्साको प्रथम जिल्ला भेला सम्पन्न, सभापतिमा पन्त निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला भेला आइतबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित क्लासिक ब्यान्क्वेटको सभाहलमा भएकाे भेलामा सभापतिमा हरि पन्त निर्विराेध निर्वाचित भएका हुन् ।

साथै आठ सदस्यीय जिल्ला समिति पनि निर्बिरोध निर्बाचित भएका छन् । भेलाले उपसभापतिमा तुल्सा पैडेल, सचीवमा सुदिश प्रजापति, सहसचिवमा कृष्ण पासवान, सदस्यहरुमा दिलिप कुर्मी, पुर्ण सापकोटा, सुरेश यादब र प्रियन्का पटेललाई सर्वसमत चयन गरेकाे नवनिर्वाचित जिल्ला सभापति पन्तले जानकारी दिए ।

यस अघि भेलाकाे उद्घाटन पार्टीका केन्द्रिय उपसभापति डा. स्वर्णिम वाग्लेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. वाग्लले भेलामा निर्बाचित समितीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए ।

सभापति पन्त यस अघि जेष्ठमा रास्वपा मधेस प्रदेशद्वारा पर्साको जिल्ला संयोजक चुनिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...