29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

महागढीमाईमा विपन्न परिवारलाई कम्बल वितरण

वीरगंज । महागढीमाई फाउन्डेसन नेपाल र लायन्स क्लब अफ महागढीमाईले विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ ।

फाउन्डेसन र क्लबले संयुक्त रुपमा बाराकाे महागढीमाई नगरपालिका वडा नं. २ बरियारपुरमा एक कार्यक्रमका बिच चिसाेबाट प्रभावित विपन्न परिवारलाई कम्बल वितरण गरेकाे हाे । स्थानिय विपन्न परिवारका १५० जनालाई कम्बल वितरण गरिएकाे लायन्स क्लबका अमिचन महताेले जानकारी दिए ।

लायन्स  क्लबका  राजेशवर कुशवाहाकाे अध्यक्षता र इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी सहायक निरिक्षक सुबास यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा लायन्स क्लब महागढीमाईका  विकी महताे, जियालाल कशवाहा, जयराम कुशवाहा लगायतले कम्बल वितरण गरेका थिए । 

कार्यक्रममा वाेल्दै प्रहरी सहायक निरिक्षक यादवले समाजिक संस्थाबाट शितलहरकाे बेला कम्बल सहयाेग सराहनिय कार्य भएकाे वताए । उनले अहिले काेराेनाकाे जाेखिम रहेकाेले भिडभाड नगरी स्वास्थ्य सुरक्षता अपनाउँदै सुरक्षित रहन सबैलाई अनुराेध गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:6.441 sec. Memory consumption:82.48 mb