वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
पकहा मैवपुर गाउँपालिका वडा नं. ५ काे सहयोग र पर्सा सीपमूलक तालीम केन्द्र धोबिनी–३ को आयोजनामा भएकाे शिविरमा २८२ जनाको आँखा परीक्षण गरिएको आयाेजक संस्थाका अरविन्द पटेलले जानकारी दिए । जस मध्ये ६३ जनामा मोतियाबिन्दु फेला परेको पटेलले जानकारी गराए ।
नारायणी आँखा अस्पतालकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा बिरामीहरूलाई नि:शुल्क औषधी समेत वितरण गरिएकाे थियो ।
वडाध्यक्ष लेखमन पटेलको सभापत्विमा भएकाे शिविरमा प्राविधिक अधिकृत मुर्लीधर पाण्डे, सन्तोष चौरसिया, नुरैन आलम, भक्तबहादुर क्षेत्री, विक्रम पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस