29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

वनबाट चोरी गरी घरमा राखिएको सालको काठ बरामद

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अबैध रुपमा चोरी गरी घरमा राखीएको सालको काठ बरामद गरेकाे छ ।

प्रहरी निरिक्षक रामकाजी थापा नेतृत्वकाे गस्ती टोलीले वीरगंज माहानगरपालीकाकाे वडा नं. ३२ टोल रामबन बस्ने आइते बिक, नर बहादुर बिक, अर्जुन खत्री, टिका पौडेल, गोपाल पौडेल घरमा छापमारी गरी ६४.११ क्युफिट काठ बरामद गरेकाे हाे ।

सालको गोलाई, चिरपट, चौकठ, चिरान गर्ने दुई ओटा मोटर मेसीन, साईकल, फर्निचर बनाउने समानहरु लगायतको बरामद गरिएकाे इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले जनाएकाे छ ।

बिशेष सुचनाको आधारमा गएकाे प्रहरी गस्ती टाेलीमा सव डिभिजन बन कार्यालय मधुवन मथवल बढनिहार, सव डिभिजन बन कार्यालय सबैया, सबैया साझेदारी बन लगायतकाको सहभागिता रहेकाे थियाे ।

साथै प्रहरी निरिक्षक थापा नेतृत्वकाे टोलीले नै सोहि टोलमा लगाईको एक कठ्ठा गाँजा खेती, एकहजार लीटर कच्चा घरेलु मदिरा समेत नष्ट गरेकाे छ ।

बरामत गरिएको काठ र मेसिनलाई आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय मधुवन मथवल बढनिहारमा राखिएको छ भने फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कारवाही गरिने साझेदारीका अध्यक्ष लखनलाल साह कानुले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.601 sec. Memory consumption:82.47 mb