वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवास्थित कुर्मी धर्मशालामा बुधबार नि: शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
साहिब दरबार सेवा संस्थान, नेपालको आयोजना र माट्रिका आई फाउन्डेसनको सहयोगमा भएकाे शिविरमा ११८ जनाको आँखा आँखा परिक्षण गराएका थिए । जस मध्ये ४९ जनाको आँखामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्थाका मुकेश द्विवेदीले जानकारी दिए । जसको यहीँ बिहीबार र शुक्रबार नि:शुल्क शल्यक्रिय गरिने उनले जानकारी गराए ।
शिविरमा संस्थानका राजेश मान सिंह, प्रेमबाबु पटेल, उमेशलाल सहनी, मुकेश द्विवेदी, वकिल हवारी, संजीव यादव, रामानन्द पटेल, शशी पाण्डे, इन्द्र नारायण झा, विजय पडित, दिलिप साह, दिलिप पटेल, भुवन पटेल, सुशील पटेल लगायतको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया लेख्नुहोस