33.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

वीरगंज २१ मा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । वीरगंज महानरपालिकाकाे वडा नं. २१ पटेल नगरस्थित राम जानकी मंदिरको प्रागंणमा आइतबार नि: शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
 
साहिब दरबार सेवा संस्थान, नेपालको आयोजनामा र माट्रिका आई फाउन्डेसनको सहयोगमा भएकाे शिविरमा १९६ जनाले आँखाकाे परिक्षण गराएका छन् । जस मध्ये ६२ जनाको आँखामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्था साहिब दरबार सेवा संस्थाले जनाएकाे छ । माेतियाबिन्दु फेला परेकाहरुकाे आउँदो बिहीबार र शुक्रबार नि:शुल्क शल्यक्रिया गरिने छ ।
 
शिविरमा संस्थानका राजेशमान सिंह, प्रेमबाबु पटेल, उमेहलाल सहनी, मुकेश द्विवेदी, शशी पाण्डे, कृष्णा पटेल, संजय मण्डल, प्रमोद पटेल, दिपलाल पटेल, ओम पटेल, पुरोषत्तम पटेल, अजय महतो, रूपेश यादव, पुनिल पटेल, रामजी पटेल, सिपलाल राम, सुदेश यादव लगायतको उपस्थिति रहेको थियोे ।
 
साहिब दरबार सेवा संस्थान कै आयाेजनामा भोलि पुस ५ गते सोमबार वीरगंज महानगरपालिकाकाे वडा नं. २७ जसौलीमा आँखा शिविर संचालन हुने मुकेश द्विवेदीले जानकारी दिए । 
 
पथलैयामा चालक र सह चालककाे आँखा परिक्षण
 
यस्तै, “ट्राफिक सचेतना अभियान २०७८” को अन्तर्गत आइतबार पथलैयामा पनि नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।   
 
२ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बारा र वीरगंज सामुदायिक आँखा अस्पताल, वीरगंजको आयोजनामा भएकाे शिविरमा पथलैयास्थित सडक भएर जाने चालक तथा सहचालकहरुको नि:शुल्क आँखा परिक्षण गरिएकाे थियाे ।
 
ट्राफिक प्रहरी कार्यालय अगाडी संचालन गरिएकाे शिविरमा चालक १११ जना, सहचालक १७ जना र सर्वसाधारण २६ जना गरी जम्मा १५४ जनालाई नि:शुल्क आँखा चेकजाँच गरिएकाे ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:207. Generation time:6.953 sec. Memory consumption:82.26 mb