वीरगंज । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा सह महामन्त्रीमा उम्मेदवारी दिएका पर्साका नेता सरेन्द्र चाैधरीले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।
केन्द्रि सह महामन्त्री (थारु) मा उम्मेदवारी दिएका चाैधरीकाे नाम निर्वाचन समितिले प्रकाशित गरेकाे उम्मेदवारकाे अन्तिम नामावलीमा छैन् । उम्मेदवारकाे अन्तिम नामावलीमा एउटा सह महामन्त्री (थारु) काे लागि बाराका नेता उमाकान्त चाैधरी र तेजु लाल चाैधरीकाे नाम मात्र छ ।
अन्तिम नामावली अनुसार सह महामन्त्री (थारु) का लागि साेमबार हुने निर्वाचनमा यी दुई नेता बिच प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया लेख्नुहोस