36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न

वीरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय प्रसौनीको आयोजनामा शनिबार निःशुल्क आँखा तथा दात शिविर सम्पन्न भएको छ ।

शिविरमा महिला र पुरुषगरी १२० जनाको आँखा तथा दात चेकजाच गरिएको थियाे । जस मध्ये ५३ जनामा मोतियाबिन्दु भएको फेला परेकाे चिकित्सकहरुले जानकारी दिए । उनीहरुकाे निःशुल्क अपरेसन समेत गरिने समुदायिक आँखा अस्पताल वीरगञ्जका चिकिस्तक डाक्टर महेश सिंह धामीले जानकारी दिए ।

शिविरका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले इलाका प्रहरी कार्यालय प्रसौनीले यहाँको स्थनियाहरूको मन जित्दै अगाडि बढ्दै गरेको र आउने दिनहरुमा यस्तै किसिमका लोकप्रिय कार्यक्रमहरु गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ठ अथिति नेपाली कांग्रेस तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले प्रहरी संगठनले निकै नै सराहनीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे । उनले यस कार्यले आम जनता र प्रहरीबीच सुमधुर सम्बन्ध कायम भएको र स्वास्थ्यको क्षेत्रमा ठूलो सफलता हासिल गर्ने वताए ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक विन्देश्वर यादवको अध्यक्षमा भएकाे शिविर उद्घाटन समाराेहमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्र, प्रहरी संगठनका कर्मचारी, चिकित्सकको टोलीमा महेश सिंह धामी, प्रियंका साह, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.079 sec. Memory consumption:82.47 mb