वीरगंज । पर्सा प्रहरीले शनिबार विहान चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ ।
प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२ छप्कैयाका २४ बर्षिय अरमान देवान, ३० बर्षिय सदाम अन्सारी र साेही ठाउँका २७ बर्षिय सहमत अन्सारीलाई पक्राउ गरेकाे हाे ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१० स्थित प्रभु बैंक अगाडिबाट चाेरी भएकाे वीरगंज महानगरपालिकाकाे वडा नं.१५ का विवेक कुमार यादवको ना. ४८ प.९३६९ नम्बर भएको १५० सि.सि.को अपाचे मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
चोरी भएको मोटरसाइकलसहित चोरीमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस