28.4 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

वीरगंञ्जको चोर्नीमा छात्राहरुलाई साइकल वितरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर ३२ चोर्नीस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनररत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारकाे मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत  १८ जना छात्राहरुलाई साइकल वितरण गरिएकाे जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

नरेन्द्र मण्डलको अध्यक्षतामा र प्रदेश सभा सदस्य जन्नत अन्सारीको प्रमुख आथित्यतामा भएकाे साइकल वितरण कार्यक्रममा जसपा पर्साका उपाध्यक्ष बासुदेव यादव, सचिब तबरेज अहमद, संघीय शिक्षक फोरमका अध्यक्ष हरेन्द्र चौरसिया, जिल्ला सदस्य प्रेम अर्याल, वीरगञ्ज महानगरपालिकाका न्यायिक समिती सदस्य तुफैल अख्तर, समाजवादी युवा संघ प्रदेश नम्बर २ का सचीव मनोज यादव, एमामुल हक वडा नम्ब ३१ का वडा एकाईका अध्यक्ष सुलेमान अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष सर्राफले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:5.238 sec. Memory consumption:82.46 mb