36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

बिन्दवासिनीमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाहीमा एक दिने निःशुल्क आँखा चेक जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ ।

श्री हनुमान मन्दिर विकास समिति विन्दवासिनी गापा ३ ईटियाहिको आयोजना तथा नारायणी आई केयर बिर्ता वीरगंजको प्राविधिक सहयोगमा भएको शिविरमा २०७ जनाले आँखा परिक्षण गराएकाे आयोजक संस्थाले जनाएको छ ।

ईटियाहीको श्री कामाख्यामाई बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गणमा भएको शिविरमा जय पोलिक्लिनिक नारायणी आई केयर वीरगंजका नेत्र रोग विशेषज्ञ एवं नारायणी अस्पतालका आँखा विभागका प्रमुख डा. बि.डि चौरसिया, दृष्टि विशेषज्ञ प्रभात चौरसिया, राजेश यादव लगायतको टिमले आँखा परिक्षण गरेका थिए ।

आँखा परिक्षणको क्रममा आँखाका रोगीहरुलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । आँखाको नजदिकी तथा दुरीका समस्या भएका १०० जना बिरामीहरुलाई निःशुल्क रुपमा चश्मा समेत वितरण गरिएको कार्यक्रमका व्यवस्थापक मुकेश चौरसियाले जानकारी दिए ।

शिविरमा संचारकर्मी अजय कुमार चौरसिया, दिपक चौरसिया, रामेश्वर चौरसिया लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.859 sec. Memory consumption:82.47 mb