वीरगंज । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १० आइतबार पुर्ण खोप वडा घोषणा गरिएकाे छ। वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले एक कार्यक्रमका बिच वडालाई पुर्ण खोप वडा घोषणा गरेका हुन् ।
घाेषणा सभाका प्रमुख अतिथी समेर रहेकाे मेयर सरावगीले वडा नं १० पुर्ण रुपले बालबालिकालाई खोप लागि सकेकोले अब खोप सम्बन्धि रोग बालबालिकामा नलाग्ने विश्वास व्यक्त गरे ।
महानगरपालिकाबाट वडा नम्बर १० मै निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्रको पनि मेयर सरावगीले उद्घाटन गरेका थिए ।
वडा नं १० का वडाध्यक्ष रामनगिना प्रसाद कानुको सभापतित्वमा भएकाे पुर्ण खोप वडा घोषणा कार्यक्रम महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतो, अनिल कुमार सिंह, रितेश जैसवाल, कार्यपालिका सदस्यहरु सुसिल साह, अरबिन्द प्रसाद साह, प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा, वडा सचिव रुपनारायण मिश्र, शिवपार्वती अतिथि सदनका अध्यक्ष परमानन्द साह कानु, वीरगञ्ज महानगरपालिका वडा नं १० का आमा समूहका अध्यक्ष श्रीमताी रुपा देबी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।