Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा रोयल इन्फिलड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च

spot_img
spot_img

मुस्कान श्रेष्ठ /
वीरगंज । वीरगञ्जमा रोयल इन्फिलड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरिएको छ ।

वीरगज महागरपालिका वडा नम्बर १४ मा रहेको रोयल इन्फिल्डको आधिकारिक विक्रेता नोभस ब्रदर्स प्रा. लिले आजबाट ३ सय ५० सिसिको सिग्नल्स मार्स ग्रे र डेजर्ट स्ट्रम मोडलको बिक्रीको शुरुवात गरेको हो ।

आज एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल र सशस्श प्रहरी ्पर्साका प्रहरी उपरीक्षक राधेशश्याम धिमालले टेसट राइड गरेका थिए ।

उक्त मोटरसाईकल नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिने रोयल इन्फिल्ड नेपालको अािधकारिक वितरक अल्फा अटोमोटिभ प्रा लिले जनाएको छ ।

नयाँ सगॉनोमिक्स, यिप्स. रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्त्र फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् ।

बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक संग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक संग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्म विश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ । नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।

पछिल्लो समय युवा मात्र नभई सबै वर्गको पहिलो रोजाई रायल इन्फिल्ड रहेको नोभस ब्रदर्स प्रा. लिका संचालक संजय अग्रवालले बताउनुभयो ।

वीरगञ्जमा संचालित बुलेटको शोरुमले करिब १ वर्षको अवधिमा २ सय ४० पिस बाईक विक्री गरेको नोभस ब्रदर्स प्रा. लिका अर्का संचालक अनुप अग्रवालले बताउनुभयो । नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एव बिक्रि खुला गरिएको छ ।

यसैबिच नोभस ब्रदर्श प्रा.लिले दिपल कम्पनीको ईभी गाडी तथा स्कुटी चाडै वीरगञ्जमा ल्याउने जनकारी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...