16.6 C
Birgunj
27 November 2024
KALIKATIMES.COM

कालिकामाईमाकाे अनियमितता ढाकछाेप गर्न दलाल परिचालन

वीरगंज, ८ असार । पर्साको कालिकामाई गाउँपालिकामा भइरहेकाे अनियमितता र भ्रष्टाचार ढाकछाेप गर्न दलाल परिचालन भएका छन् । 

गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको स्थानियको गुनासो बढेपछि कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेर आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि जानकारी लिन कार्यालयमा भेटिएका कर्मचारीहरुले बताउँन मानेन् । गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिकाकाे वेभसाइटमा पनि राखिएको छैन् ।

गाउँपालिकाका सूचना अधिकारी अमित चौरसियासंग सूचना माँग गर्दा आफूलाई जानकारी नभएको बताए । उनले भने, सम्पूर्ण योजना बारे जानकारी हाकिम साहेब संग मात्र छ, उहाँ आएपछि आफै जानकारी गराउँनु हुन्छ ।

कार्यालयमा रहेकाे दर्ता चलानी रजिष्टरमा खाली ठाउँ राखेर अगाडीकाे मितिमा दर्ता चलानी गरेकाे पाइयाे ।

प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग बुझन खोज्दा उनको कार्यालयमा ताल्चा लगाईएको थियाे । फोन मार्फत पटक पटक सम्पर्क गर्दा फोन उठेन ।

यसै सम्बन्धमा विभिन्न स्थानिय तथा राष्ट्रिय संचारमाध्यमा समाचार प्रकाशनमा आएपछि त्यसकाे ढाकछाेप गर्न दलाल परिचालन गरिइएकाे हाे । साे दलालले गाउँपालिकाकाे अनियमितता र भ्रष्टाचार ढाकछाेप गर्न विभिन्न किसिमकाे प्रपन्च गरिरहेका छन् ।

आर्थिक मसान्तकाे अन्तिमकाे असार महिनामा आएर गाउँपालिकामा संचालित विकास निर्माणकाे याेजनाहरु उपभाेक्ता समितिमार्फत काम भइरहेकाे वताइए पनि ठेक्दारले काम गराईरहेकाे पाइयाे । कागजी पक्रिया मिलाउन मात्र उपभाेक्ता समिति गठन गर्ने गरिएकाे छ ।

गाउँपालिकाबाट भइरहेकाे ७० लाखकाे बजेटबाट कालिकामाई मन्दिर निर्माण, गाउँ कार्यपालिकाकाे लागि खरिद भएकाे जग्गाकाे बाउन्डरी वाल निर्माण, धर्मशालाकाे भवन निर्माणकाे याेजनाहरुकाे उपभाेक्ता समिति मार्फत संचालनमा छन् । तर कालिकामाई मन्दिरकाे भवन निर्माण र गाउँपालिकाकाे जग्गाकाे बाउन्डीवाल ठेक्दारले काम गराइरहेकाे प्रत्येक्षदर्शशीहरुले वताएका छन् । जुन नियमले मिल्दैन् ।

उपभाेक्ता समितिका पदाधिकारीकाे बारे जानकारी लिन खाेज्दा जनप्रतिनिधि र कर्मचारी कसैले बताउन चाहेनन् । 

खाेला सफाईमा ४० लाख खर्च

चालु आर्थिक बर्षमा खाेला सफाईमा ४० लाख खर्च भएकाे छ । गाउँपालिका अन्तर्गकाे गंगाेल र बही खाेला सफाईमा ४० लाख खर्च भएकाे गाउँपालिकाका सब इन्जिनियर मिथिलेश यादवले वताए ।

साे खाेला सरसफाई पनि उपभाेक्ता समिति मार्फत नै भएकाे उनले वताए पनि उपभाेक्ता समितिकाे अध्यक्षकाे नाम समेत वताउन सकेन । उनले खाेला सरसफाईकाे इस्टिमेट पनि देखाउन मानेन् । 

खाेला सफाईमा १५ देखी २० लाख सम्म मात्र खर्च भएकाे स्थानियहरुकाे भनाई छ ।

अन्य याेजनामा समेत अनियमितता 

गाउँपालिकाबाट वितरण भएकाे ग्यास सिलिन्डर खरिदमा पनि अनियमितता भएकाे छ । ग्यास सिलिन्ड खरिदकाे बारेमा पनि बुझ्न खाेज्दा गाउँपालिका कार्यालयमा भेटिएका कर्मचारीहरु काेई बताउन मानेन् । 

४५ सय देखी ५ हजार सम्म पर्ने ग्यास सिलिन्डर र चुल्ला खरिद ६२ सयमा गरेर ठुलाे रकमकाे चलखेल भएकाे गाउँपालिका स्राेतले जनाएकाे छ ।

यस्तै, आर्थिक बर्ष २०७७/०७८ काे सुरु मै विपद व्यवस्थापनकाे रकमबाट जनप्रतिनिधिहरुले भत्ताकाे नाममा एक/एक लाख रकम भागवंडा लगाएका थिए ।

गाउँपालिकाकाे चालुगत खर्चमा पनि अनियमितता

गाउँपालिकाकाे चालुगत खर्चमा पनि अनियमितता भएकाे छ । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कार्यालयमा भएकाे दिनकाे पनि टियडिय बुझेकाे गाउँपालिका स्राेतले जनाएकाे छ ।

उनले चेकमा हस्ताक्षर गरेकाे दिनकाे पनि टियडिय बुझेकाे तथ्यले साे कुरा प्रमाणित गर्ने स्राेतकाे भनाई छ । 

यस्तै, गाउँपालिकाकाे जनप्रतिनिधिले वीरगंज मै बसेर नक्कली बिल भर्पाई बनाएर टिएडिय बुझेका छन् । यसका साथै काठमाडाैे र पाेखरा गएर माैजमस्ती गरेकाे खर्च पनि नक्कली बिल बनाएर रकम निकासा भएकाे स्राेतले जनाएकाे छ  । 

अख्तियारकाे ध्यान पुग्न सकेन

गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुकाे गुनासो छ ।

गाउँपालिकामा भइरहेकाे अनियमितता र भ्रष्टाचारकाे सम्बन्धमा अख्तियारमा मुद्दा परेपनि छानविन नभएकाे स्थानिय उपेन्द्र तिवारीले गुनासाे गरे ।

उनले भने “यहाँ नदी सफाईकाे नाममा ४० लाख खर्च भएकाे छ तर सडककाे अवस्था दैनिय रहेकाे छ । थाेरै पानी परे पनि सडक हिलाे मै हुने गरेकाे छ । बढी कमिशन पाउने ठाउँमा मात्र गाउँपालिकाले काम गरिहरकाे छ ।”

स्थानिय सरकार बनेको साढे तिन बर्ष भए पनि अहिले सम्म सडक निर्माण नहुँदा स्थानिय बर्षायाममा समस्या भोग्दै आएकाे उनले वताए । मुख्य सडकमा हिलोयाम, घुडाभन्दा माथि पानी जमेका कारण आवतजावत गर्ने समस्या भईरहँदा पनि जनप्रतिनिधि मुख हेराउँन आउँदैन ।

अर्का स्थानिय मन्टु कुमार रौनियारले हिलोयाम सडकका कारण गाउँमा एम्बुलेन्स, बिहेवारीमा जयन्ती समेत आउँन नसकेकाे वताए । सिकित्स विरामीलाई तीन चार जना मिलेर एम्बुलेन्स भएको ठाउँमा पु¥याउँनु पर्ने बाध्यता रहेकाे उनकाे भनाई थियाे ।

बारम्बार जनप्रतिनिधिलाई गुहार लगाउँदा समेत अहिले सम्म कुनै सुनवाई नभएको स्थानिय जोगिन्द्र गिरीले वताए । गिरीले घर घरमा सिंहदरबार पुगेको भनिएपनि अहिले सम्म कालिकामाई गाउँपालिका जनताले सिंहदरबारको अनुभुति भने पाउँन नसकेकाे वताए ।

जनताको समस्या समाधान गर्नुभन्दा विकास निर्माणको नाममा आफना कार्यकर्तालाई भरणपोषण गर्ने काम मात्र भईरहेको उनले गुनासाे गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेशनल मेडिकल कलेजलाई सम्मान

कालिका टाईम्स

जगरनाथपुरकाे विद्यालयमा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध

कालिका टाईम्स

पत्रकार हरिशंकर शर्मालाई फसाउने षड्यन्त्र

कालिका टाईम्स
SQL requests:215. Generation time:3.522 sec. Memory consumption:81.48 mb