36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

पाेखरियामा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नंं. २ लमरियामा बिहिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनकाे अध्यक्षतामा भएकाे शिविरकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।

 शिविरकाे उद्घाटन गर्दै मेयर सरावगीले पर्सा जिल्लाका गरिब विपन्न समुदायले उपचारको अभावमा आँखाको ज्योति समेत गुमाउने अवस्था रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउनका लागि हरेक विपन्न समुदाय रहेको ठाउँमा निःशुल्क आँखा शिविर मार्फत आँखाको उपचार गराई ज्योति फर्काउने अभियानमा आफू लागेको जानकारी गराए ।

 शिविरमा १७५ जनाकाे आँखा परिक्षण

शिविरमा एक सय ७५ जनाले आँखा परिक्षण गराएकाे पाेखरिया नगरपालिकाकी उप मेयर खातुनले वताइन । जस मध्ये ९० जनामा माेतिया बिन्दु फेला परेकाे उनले जानकारी गराइन ।

माेतिया बिन्दु फेला परेका सबै जनाकाे माट्रिका आई फाउन्डेसनमा चैत २० गते नि:शुल्क अपरेशन समेत गरिने उनले जानकारी दिइन ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र माट्रिका आई फाउन्डेसनकाे सहयाेमा र जनता समाजवादी पार्टी नगर समिति पाेखरियाकाे आयाेजनामा शिविर भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:3.981 sec. Memory consumption:82.5 mb