24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

शिक्षक संघ कालिकामाईकाे बैठक सम्पन्न

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ कालिकामाई गाउँपालिकाकाे बैठक शनिबार सम्पन्न भएकाे छ ।

दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसादकाे अध्यक्षता र नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले ३ वटा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

बैठकले शिक्षक महासंघ कालिकामाई गाउँपालिकामा धर्मेन्द्र चाैरसियालाई पठाउने निर्णय गरेकाे छ ।

यस्तै, बैठकले शिक्षक संघ कालिकामाई गाउँपालिका संयाेजकमा अरुण किशाेर प्रसाद यादवलाई चयन गरेकाे छ भने शिक्षक संघकाे स्थानिय प्रतिनिधि सभा आउदाे चैत ३ गते गर्ने निर्णय गरेकाे छ ।

श्री सुकई साह मावि भेडिहारीमा बसेकाे बैठकमा शिक्षक संघका जिल्ला सचिव अशाेक साह, सचिव अशाेक महताे, श्री सुकई साह माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनाेद चाैरसिया, छठु साह लगायत शिक्षक संघसंग आवद्ध कालिकामाई गाउँपालिका अन्तर्गतका १० वटा विद्यालयका शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:5.431 sec. Memory consumption:81.47 mb