33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

गोविन्दपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे पोखरीया नगरपालिका वडा नं. ७ गोविन्दपुरमा बुधबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
 
वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीकाे सहयाेग र माट्रिका आई फाउन्डेसनकाे प्राविधिक सहयोगमा भएकाे शिविरमा २ सय ५५ जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये १ सय ४५ जनामा मोतिबिन्दु फेला परेको थियाे ।
 
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीको पहल र श्री टैरीमाई युवा क्लब जगतपुरको सहजिकरणमा भएकाे शिविरकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर सरावगीले गरेका थिए ।
 
जसपा क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव र राजनारायण कुर्मीको अयोजनामा भएको शिविरकाे उद्घाटन कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शमानी, पाेखरिया नगरपालिकाकी उप – प्रमुख सलमा खातुन,  खलिल मियाँ, वडाध्यक्ष नन्द कुर्मी, परमानन्द कुर्मी, महमद नुरहोदा देवान, राजकुमार सहनि, उमेश सहनी, श्री टैरीमाई युवा क्लब जगतपुरका उपाध्यक्ष राधेश्याम कुमार सोनार लगायतको उपस्थिति रहेकाे थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:211. Generation time:10.703 sec. Memory consumption:82.55 mb